PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

लन्डनको सडकमा थ्री डी जेब्रा क्रसिङको सुरुवात, एक वर्ष परीक्षण हुने

लन्डनको सडकमा थ्री डी जेब्रा क्रसिङको सुरुवात, एक वर्ष परीक्षण हुने

पहिलोपोस्ट /पहिलोपोस्ट


पहिलो थ्री डी जेब्रा क्रसिङको लन्डनमा सुरुवात गरिएको छ। बीबीसीले बेलायतकै पहिलो थ्री डी जेबरा क्रसिङ पेन्ट भएर संचालनमा आएको जनाएको छ। उत्तर पश्चिम लन्डनको सेन्ट जोह्न्स वुड हाइ स्ट्रिटमा पहिलो थ्री डी जेब्रा क्रसिङ तयार भएको हो। सवारी साधनको गतिलाई घटनाउन थ्री डी जेब्रा क्रसिङ महत्वपूर्ण हुने अपेक्षा लिइएको छ। अप्टिकल इलुजनले दिने इफेक्टका आधारमा थ्री डी जेब्रा क्रसिङ बढी प्रभावकारी हुने बताइएको छ। वेस्टमिनिस्टर सिटी काउन्सिलले एक वर्ष परीक्षणका लागि यस्तो जेब्रा क्रसिङलाई अनुमति दिएको थियो।

सन् १९३० को दशकमा बेलायतबाट नै जेब्रा क्रसिङको सुरुवात भएको थियो। - सिन्ह्वा

नेपालमा जेब्रा क्रसिङको हालत कस्तो छ त? जान्ने रहर भए यो सामग्री हेर्नुस् : 

सडकमा जेब्रा क्रसिङको अवशेष : पैदल यात्रु कति सुरक्षित?



ट्रेन्डिङ पोस्ट

Ncell