PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कर्णालीमा झण्डै डेढ लाखले गरे स्वास्थ्य बीमा, थप चार जिल्लामा सञ्चालन हुँदै



पी बी खड्का

कर्णालीमा झण्डै डेढ लाखले गरे स्वास्थ्य बीमा, थप चार जिल्लामा सञ्चालन हुँदै
प्रतीकात्मक तस्बिर

सुर्खेत : कर्णाली प्रदेशमा एक लाख नागरिकहरुले स्वास्थ्य बीमा गरेका छन्। १९ महिनादेखि सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कर्णालीका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० जनाले स्वास्थ्य बीमा गरेका हुन्।

आर्थिक वर्ष ०७२/०७३ बाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको थियो। सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याउन स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने सरकारको उद्देश्य लिएको छ। 

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरिएको थियो। कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम लागू गरिएको छ। कार्यक्रम लागू भएदेखि हालसम्म ३५ हजार ५१९ जनाले सेवा लिएको स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए।

उनका अनुसार बिमित गरेका नागरिकहरुलाई सेवा दिएबापत सेवाप्रदायकलाई ४ करोड ४० लाख ५६ हजार ७३८ रुपैयाँ भुक्तानी गरिएको छ। पाँच जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाहरुले स्वास्थ्य बीमा गरेका नागरिकहरुलाई सेवा प्रदान गर्दै आएका छन्।

झण्डै एक लाख बिमित नागरिकबाट ४ करोड ७८ लाख ६६ हजार ३२० रुपैयाँ संकलित योगदान रकम रहेको पण्डितको भनाई छ। उनका अनुसार बिमित भएका मध्ये अति गरीब परिवार संख्या २५ हजार ५५४ जना छन्। अति गरीब बिमितको रकम सरकारले तिर्न भने ३ करोड २३ लाख २७ हजार २३५ रुपैयाँ रहेको पण्डितको भनाई छ।

थप चार जिल्लामा बिस्तार हुँदै
कर्णालीमा पाँच जिल्लामा मात्रै लागू भएको स्वास्थ्य बीमा कार्यक्रम थप चार जिल्लामा लागू हुने भएको छ। स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको भन्दै अव थप चार जिल्लामा लागू गरिने संयोजक पण्डितले बताए।  

‘चालु आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारीमा छौं,’ पण्डितले भने। कार्यक्रम लागू भएका जिल्लाहरुमा अनुगमन कार्यलाई तीब्रता दिएको पण्डितले बताए। ‘कतिपय जिल्लामा सेवा प्रदायक संस्थाहरु न्युन छन्,’ पण्डितले थपे, ‘ती स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन कठिनाइ भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell