
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार असफल भएको आरोप लगाएका छन्। शनिवार पार्टीको प्रशिक्षण कार्यक्रम सिंहले सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेका हुन्। सरकारले धुलो र हिलो बाहेक केही दिन नसकेको बताए।
नेता सिंहले भने, 'अहिलेको सरकारको कुरा सुन्दा जनतालाई आनन्द आउने कुरा गर्छ। रेल आउने, पानीजहाज आउनेजस्ता कुरा। खानलाई पानी छैन कहाँबाट यहाँ पानीजहाज आउँछ?’
नेता सिंहले खाने पानी नभएको काठमाडौँमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका थिए।
त्यस्तै उनले सरकार, खानेपानीमन्त्रीले पार्टीको स्वार्थ अनुसार काम गरेकोले मेलम्ची आयोजना समयमा नै पूरा हुन नसकेको आरोप पनि लगाए। ‘मेलम्चीमा सरकारको असक्षमता देखियो। ठेकेदारको भागाभाग छ। मन्त्री, सचिव कुरा मिलेको छैन,’ उनले भने।
सरकार असफल भइसके पनि प्रमुख प्रतिपक्षी दल काँग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। उनको भनाइ छ।