PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

सांकेतिक भाषासहित 'गैंडा टाइम्स' मञ्चन



पहिलोपोस्ट

सांकेतिक भाषासहित 'गैंडा टाइम्स' मञ्चन

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाचौं दिन थिएटर मल कीर्तिपुरमा नाटक 'गैंडा टाइम्स' मञ्चन भयो। नाटकमा बहिरा व्यक्तिहरूको सहजताका लागि सांकेतिक भाषाको प्रयोग भयो। नाटक भइरहँदा अगाडी बसेका दोभाषेले बहिराहरुलाई कथा बुझाए।

गैंडा टाइम्सले पशु अधिकारको विषयलाई मानव प्रवृत्तीसँग व्यङ्ग्य गर्दै कथा भन्छ।

इमान वा ताजको रुपमा रहेको आफ्नो बाबुको खाग चोरिएपछि सामाजिक मर्यादामा आँच आउँछ। उ मुखिया बन्न योग्य रहँदैन। त्यसैले खाग फिर्ता ल्याउन गैंडा केटो काठमाडौं हिड्छ। काठमाडौंमा उसले भोग्न पर्ने परिस्थिति, उताव चढावहरुको सेरोफेरोमा नाटक घुम्छ। 

‘गैंडा टाइम्स’ लेखक बुद्धिसागर लिखित कथामा आधारित छ। कथाको नाट्य रुपान्तरण प्रविण खतिवडाले गरेका हुन्। नाटकमा सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौषम राना, पासाङ चोमु शेर्पा “खुशी”, विकास राना, किरण भेटवाल, दिवेश लामिछाने, दिपक खरेल, सुवास खरेल, प्रवीण मगर, याङसाङ मुकारुङको अभिनय रहेको छ।

नाटकमा प्रयोग हुने प्रत्यक्ष संगीतमा सुजन भण्डारी, याङसाङ मुकारुङ, दिवेश लामिछानेले काम गर्दैछन्। जसका लागि गीत संयोग गुरागाँईले लेखेका हुन्।

नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत पोखरामा र बिराटनगरका नाटकघरहरुमा पनि मञ्चन हुनेछ। पोखरास्थित गन्दर्व थिएटरमा ३ मार्च आइतबार नाटक मञ्चन हुनेछ। त्यस्तै बिराटनगरस्थित आरोहण गुरुकुलमा नाटक मार्च सातमा देखाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell