PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृतकको उद्धार गर्ने सेनाका जवानलाई 'प्रधानसेनापति प्रशंसा निशान' 



पहिलोपोस्ट

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा मृतकको उद्धार गर्ने सेनाका जवानलाई 'प्रधानसेनापति प्रशंसा निशान' 

काठमाडौं : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको शव सङ्कलन र उद्धारमा खटिने नेपाली सेनाका जवानहरूलाई प्रधानसेनापति प्रशंसा निसान प्रदान गरिएको छ। 

बुधवार तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा दर्शन गरी फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो। 

दुर्घटना पश्चात् हेलिकोप्टरको खोज तथा उद्धारका लागि खटिएको नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले प्रतिकूल मौसममा पनि उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्याँकन गर्दै प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको हो। 

प्रधान सेनापति पूर्णचन्द्र थापाले उपत्यका भित्रका युनिटहरूमा कार्यरत अधिकृत, पदिक तथा अन्य दर्जा गरी १६ जनालाई शुक्रवार सैनिक मञ्च टुँडिखेलमा निसान प्रदान गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell