PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

चिकित्सक भन्छन् - 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर....'



पहिलोपोस्ट

चिकित्सक भन्छन् - 'भरतमोहन अधिकारी जीवित हुनुहुन्छ तर....'

काठमाडौँ : तीन हप्ता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी जीवित रहेको तर बचाउन सकिने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। 

अस्पतालले शनिबार गरेको पत्रकार सम्मेलनमा अस्पतालका आइसियु प्रमुख डाक्टर हेमराज पनेरूले भने, 'स्वास्थ्य अवस्था निकै गम्भीर छ। उहाँकाे सबै अंगले काम गर्न छाेडेकाे छ। २४ घण्टादेखि पिसाब भएकाे छैन। कृत्रिम स्वासप्रस्वास दिएर राखिएकाे छ। उहाँ जीवित हुनुहुन्छ तर बचाउन सकिने सम्भावना न्यून छ।

परिवारका सदस्यहरु उपस्थित पत्रकार सम्मेलनमा उनले भने, 'चिकित्सा विज्ञानमा सम्भव हुने सबै उपचार गरेका छा‌ैँ तर सुधार भएकाे छैन।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell