
काठमाडौँ : प्रधानसेनापति चौथो खुल्ला म्याराथनको उपाधि नेपाली सेनाका कृष्ण बस्नेतले जितेका छन्। उनले निर्धारित दूरी २ घण्टा २० मिनेट ५१ सेकेण्डमा पूरा गरे। यस्तै नेपाली सेनाकै राजन खत्री दोस्रो र नवराज साउद तेस्रो भए।
राजनले २ घण्टा २४ मिनेटमा दौड पूरा गरे भने नवराजले २ घण्टा २९ मिनेट ५७ सेकेण्डमा दौड सकाए।
पहिलो भएका बस्नेतले नगद १ लाख २५ हजार प्राप्त गरे भने दोस्रोले ६५ हजार र तेस्रोले ३५ हजार पाए।
यसैगरी हाफ म्याराथन पुरुषतर्फ सेनाका कल्याण बानियाँ पहिलो, गजेन्द्र राई दोस्रो र टिका कटवाल तेस्रो भए।
हाफ म्याराथन महिलामा सेनाकै विश्वरुपा बुढाले उपाधि जितिन्। एपीएफकी विन्दा देशा दोस्रो र सेनाकी चन्द्रा रावल तेस्रो भइन्।
हाफ म्याराथनमा पहिलोले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार प्राप्त गरे।