
स्पानिस ला लिगा गएराती भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै १० अंकको अग्रता बनायो छ।
एल क्लासिकोको रुपमा चर्चित यस खेलमा बार्सिलोनाले रियललाई उसैको मैदानमा १-० ले पराजित गरेको हो।
बार्सिलोनाका लागि इभान राकिटिचले २६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
एक महिनाभन्दा कम अवधीमा तीन एक क्लासिको खेल हुँदा बार्सिलोनाले दुई खेल जित्यो भने एक बराबरीमा सकिएको थियो। पछिल्लो तीन दिनमै बार्सिलोनाले दुई पटक रियललाई उसैको घरेलु मैदानमा पराजित गरेको हो। कोपा डेल रे दोस्रो लेगमा बासिलोनाले ३-० को जित हात पारेको थियो।
जितपछि बार्सिलोनाले रियलमाथि १२ अंकको अग्रता समेत बनाएको छ।
बार्सिलोनाको २६ खेलबाट ६० अंक छ भने समान खेलबाट रियल ४८ अंकसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलेको एट्लेटिको मड्रिड ५० अंकसहित दोस्रोमा छ।