PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

नेकपाले आज एकदिन पूर्वअर्थमन्त्री अधिकारीको शोकमा पार्टीको झन्डा आधा झुकाउने



पहिलोपोस्ट

नेकपाले आज एकदिन पूर्वअर्थमन्त्री अधिकारीको शोकमा पार्टीको झन्डा आधा झुकाउने

काठमाडौः नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा आज पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले देशभरका सबै पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिकासमेत राखिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। त्यस्तै २३ गते  दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रूपमा आयोजना गर्ने निर्णय समेत गरेको छ।

काठमाडौँस्थित ह्याम्स अस्पतालमा शनिवार राति ९ बजेर ३५ मिनेटमा पूर्वअर्थमन्त्रीकाे निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ।

त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell