PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

फ्रेन्च लिग वान : एमबाप्पेले दुई गोल गरेपछि पिएसजीको पुनरागमन जित, २० अंकको अग्रता



पहिलोपोस्ट

फ्रेन्च लिग वान : एमबाप्पेले दुई गोल गरेपछि पिएसजीको पुनरागमन जित, २० अंकको अग्रता

किलिएन एमबाप्पेले दुई गोल गरेपछि लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा पुनरागमन जित हात पारेको छ।

एमबाप्पेले २८ मिनेट अन्तरमा दुई गोल गरेपछि पिएसजीले साएनलाई उसैको मैदान २-१ ले पराजित गरेको हो।

घरेलु मैदानमा कासिमिर निङ्गाले ५६औँ मिनेटमा गोल गर्दै साएनलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ५९औँ मिनेटमा एमबाप्पेले पिएसजीका लागि पेनाल्टीमा बराबरी गोल फर्काए।

खेल सकिन तीन मिनेट अगाडि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीले ३ अंक जोडेको हो।

जितपछि पिएसजीले २६ खेलबाट ७१ अंक जोड्दै दोस्रो स्थानको लिलीमाथि २० अंकको अग्रता बनाएको छ। समान खेलबाट लिलीको ५१ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell