PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

तीनदिनको मौसम अवस्थाः आज हल्का वर्षा र हिमपात



पहिलोपोस्ट

तीनदिनको मौसम अवस्थाः आज हल्का वर्षा र हिमपात

काठमाडौँ: पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आइतबार पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।

सोमबार र मङ्गलवार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ। बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महसुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell