PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूर्व अर्थमन्त्री अधिकारीलाई राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय



विधुर ढकाल

पूर्व अर्थमन्त्री अधिकारीलाई राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं: मन्त्रिपरिषद्ले पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानकासाथ सलामी दिएर अन्त्यष्टि गर्ने निर्णय गरेको छ।

आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। 

'भर्खरै बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको तर्फबाट स्थापित मान्यताकै आधारमा आर्यघाटमा सलामी दिने भएको छ,' मन्त्री पोखरेलले भने।

काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ।

त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell