PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

१४ वर्षपछि फर्कियो 'सिजन्स ब्यान्ड'



पहिलोपोस्ट

१४ वर्षपछि फर्कियो 'सिजन्स ब्यान्ड'

काठमाडौं: एक समयका लोकप्रिय ब्यान्ड 'सिजन्स ब्यान्ड'  नयाँ गीतसँगै दर्शक/स्रोतामा फर्किएको छ। १४ वर्षपछि 'नारायण भन्छन्'बोलको गीत ब्यान्डले सार्वजनिक गरेको छ। 

२०६१ सालमा हेटौंडाका यो सांगीतिक समुहले आफ्नो तेस्रो एल्बम 'सात तिया एक्काइस' सार्वजनिक गरेको थियो। ब्यान्ड अब सक्रिय रुपले अगाडी बढ्ने तयारीमा छन्। ब्यान्ड अब चौथो एकल एल्बम 'सिजन्स द न्यू बिगिनिङ' ल्याउने तयारीमा छन्।

ब्यान्डका लिड गितारीस्ट हुन् सुजिल कर्माचार्य। ज्ञानेन्द्र प्रधान गायन र रिदममा आवद्ध छन्। चन्द्र लामा ब्यान्डका गायक तथा ड्रमर हुन्। शैलेन्द्र प्रधान किबोर्डिस्ट हुन्। संगीतकर्मी सञ्जय श्रेष्ठ ब्यान्डका बेस गिटारिस्ट। ब्यान्डका व्यवस्थापक उपेन्द्र श्रेष्ठ हुन्।

ब्यान्डका 'सुनेको कुरा', 'असार साउन', 'रातो माटो', 'असफल जिन्दगी', 'सपना मात्र'लगायतका गीतलाई दर्शकले रुचाएका छन्। २०५६ सालमा ब्यान्डले पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो। करिव डेढ दशकपछिको पुनरागमनपछिका गीतमा भने आध्यात्मिक भाव झल्कने बताइएको छ।

'भन्छन् नारायण'मा भने रविन दर्शनधारीको निर्देशन, सम्पादन र छायाँकन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell