PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मदन भण्डारी र मनमोहन अधिकारी जलेको चितामा भरतमोहनको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती



विधुर ढकाल

मदन भण्डारी र मनमोहन अधिकारी जलेको चितामा भरतमोहनको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती

काठमाडौं: पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि   गरिएको छ। आज उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान दिए।

अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको चितामा अन्त्यष्टि गरिएको छ। उनलाई तीन छोरीहरु लुना, लिमा र लिजाले दागबत्ती दिए।

त्यस्तै गरी सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको छ।

काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राति ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell