PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'जिनियस म्युजिक अवार्ड २०७५' हुने



पहिलोपोस्ट

'जिनियस म्युजिक अवार्ड २०७५' हुने

काठमाडौं: 'जिनियस म्युजिक अवार्ड २०७५' हुने घोषणा भएको छ। अवार्डमा सहभागि हुन जिनियस म्युजिकले आवेदन खुल्ला गरेको छ। कार्यक्रममा गीत/संगीतका ४१ विधालाई अवार्ड दिइनेछ।

२०७५ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत/संगीतले आवदेन दिन सक्ने आयोजक रमेश पाठकले बताए।  जेठ ११ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड कार्यक्रम हुनेछ। 

कार्यक्रममा राष्ट्रिय भावनाको गीत, फिल्म गीत, लोक तथा दोहोरी, तामाङ गीत, पप तथा आधुनिक, चाडपर्व विशेष गीत, बाल गीत, म्युजिक कम्पनि तथा पब्लिक च्वाइस अवार्ड दिइनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell