PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

सिप्यान क्रिकेट अवार्डको लागि तीन विधाको मनोनयन घोषणा, को को परे?



पहिलोपोस्ट

सिप्यान क्रिकेट अवार्डको लागि तीन विधाको मनोनयन घोषणा, को को परे?

काठमाडौँ : पहिलो पटक आयोजना हुन लागेको एनसिसिएस सिप्यान क्रिकेट अवार्डको लागि तीन विधाको मनोनयन घोषणा भएको छ।

क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले आइतवार वर्ष खेलाडी पुरुष, महिला र उदयीमान क्रिकेट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको हो।

सुरुमा सात जनाको प्राविधिक समिति गठन गरिएको र तोकिएको मापदण्डको आधारमा त्यस समितिले सिफारिस गरिएको खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको आयोजकले जनाएको छ।

समितिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत बहादुर टमाटा, यू-१९ पुरुष टिम तथा राष्ट्रिय महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनय कुमार झा र दुर्गानाथ सुवेदी, राष्ट्रिय टिमका टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी र एनएसजेएफका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाईं सम्मिलित सात जना थिए।

वर्ष क्रिकेट खेलाडी पुरुषतर्फ मनोनयनमा राष्ट्रिय खेलाडीको वर्चस्व रहेको छ। जसमा राष्ट्रिय टिमका कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन्।

यस्तै वर्ष खेलाडी महिलामा इन्दु वर्मा, करुण भण्डारी, रुविना क्षेत्री बेलवाशी,सरिता मगर र सीता राना मगर छन्।

यसैगरी उदयीमानतर्फ अभिनाष बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी, रोहसत कुमार पौडेल र सन्दीप जोरा छन्।

वर्ष खेलाडी पुरुषले १ लाख ३२ हजार अन्य दुई विधाका विजेताले ६६ हजार प्राप्त गर्नेछन्।

यस्तै वर्षको उत्कृष्ट क्षण तर्फको अवार्डका लागि आयोजकले यसअघि नै दश उत्कृष्ट क्षणको मनोनयन सार्वजनिक गरेको छ।

यस बाहेक क्रिकेटसँग सम्बन्धित एक व्यक्तिगतलाई क्रिकेटमा पुर्‍याएको योगदानको आधारमा लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ।

अवार्ड कार्यक्रम फागुन २१ गते मंगलवार रसियन कल्चर सेन्टरमा हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell