PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ट्रेलरमा 'साइँली'



पहिलोपोस्ट

ट्रेलरमा 'साइँली'

काठमाडौं: हेमन्त रानाको चर्चित गीतको नाम सापटी लिएर बनेको फिल्म 'साइँली'को ट्रेलर सार्वजनिक गरिएको छ। गीतको भिडियोमा देखाइएको कथा फिल्मको ट्रेलरमा प्रस्तुत छ। 

ट्रेलरमा अभिनेता गौरव पहारी, दया हाङ राई, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन्। चेत १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। यसअघि निर्माण युनिटले फिल्मको गीत पनि सार्वजनिक गरेको थियो। जिएच इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म बनेको हो।

फिल्ममा अन्य कलाकारहरु माओत्से गुरुङ, प्रकाश घिमिरे, पुस्कर गुरुङ, किरण चाम्लिङ राई, लोकेन्द्र लेखक, सुष्मा निरौलाको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell