PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

बी डिभिजन लिग : श्री भगवती र आरसिटीको लगातार दोस्रो जित



पहिलोपोस्ट

बी डिभिजन लिग : श्री भगवती र आरसिटीको लगातार दोस्रो जित

काठमाडौँ : बी डिभिजन लिग अन्तर्गत अन्तिम चरणको खेलमा श्री भगवती र आरसिटीले लगातार दोस्रो जित हात पार्दै उपाधि दाबेदारी प्रस्तुत गरेका छन्।

आइतवार भएको खेलमा श्री भगवतीले टुसाल युथ क्लबलाई ३-१ ले पराजित गर्‍यो भने आरसिटीले सातदोबाटो युथ क्लबलाई २-० ले हरायो।

चार टोली मात्र रहेको अन्तिम चरणको खेलमा यसअघि श्री भगवतीले सातदोबाटो र आरसिटीले टुसाललाई हराएको थियो।

लगातार दुई जितपछि श्री भगवती र आरसिटीले समान ६ अंक जोडेको छन्। अब यी दुईबीच हुने खेलले उपाधि विजेताको टुङ्गो लाग्नेछ।

लगातार दुई खेल हारेको टुसाल र सातदोबाटो भने अंकविहिन छन् र उपाधि होडबाट बाहिरिएका छन्।

आइतवारको पहिलो खेलमा श्री भगवतीका लागि दर्शन गुरुङले दुई तथा छिरिङ पासाङ शेर्पाले एक गोल गरे। टुसालका लागि कासिम राईले एक गोल गरे।

यस्तै आरसिटीका लागि संसार नन्द पलानचोकेले दुवै गोल गरे।

लिग अन्तर्गत मंगलवार आरसिटी र श्री भगवती तथा सातदोबाटो र टुसाल क्लबबीच खेल हुनेछ।

लिगको विजेताले आठ लाख पाउनेछ। उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell