PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

दोस्रो संस्करणको केपीएल टि–२० टुर्नामेन्ट बैशाखमा



पी बी खड्का

दोस्रो संस्करणको केपीएल टि–२० टुर्नामेन्ट बैशाखमा

सुर्खेत: दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) टि ट्वान्टी राष्ट्रिय टुर्नामेन्ट आगामी बैशाखमा हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशालामा केपीएल टुर्नामेन्ट हुन लागेको आयोजकले जनाएको छ। 

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउने, राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए। 

प्रतियोगितामा देशभरका ८ वटा क्लबहरुको सहभागिता रहने उनको भनाई छ। राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता प्रदेशकै सर्वाधिक धनराशी हुने आयोजकको दावी छ। करिव १० दिनसम्म सञ्चालन हुने प्रतियोगिता झण्डै ६० लाख खर्च हुने अनुमान गरिएको छ। साथै, खेलमा सहभागी हुने क्लबहरुले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन सक्ने छन्। 

प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा बिभाजन गरि प्रत्येकले एक–अर्कासंग १–१ खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिमले सेमीफाइनलमा खेल्न पाउने छन्।

लिग–कम नक–आउट फम्र्याटमा आयोजना हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने उनको भनाई छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने अध्यक्ष शाहीले बताए।

यस अघि कर्णाली प्रिमियर लिगको पहिलो संस्करण बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो। पहिलो संस्करणमा विजेतालाई तीन लाख रुपैयाँ दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell