PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, चेल्सी विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो, चेल्सी विजयी

प्रिमियर लिगमा आइतवार भएको खेलमा दोस्रो स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ। एभरटनसँग गोलरहित बराबरीमा रिकएपछि लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ।

लिभरपुलले गोल गर्ने अवसर पाएपनि पहिलो हाफमा मोहमद सलाहको प्रहार एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए।

बराबरीपछि लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ। समान खेबाट ७१ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा यथावत छ।

उता छैटौँ स्थानको चेल्सीले फुलहमलाई २-१ ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावना कायम राख्दै म्यानचेष्टर युनाइटेड र आर्सनलसँग अंकदूरी कम गरेको छ।

२८ खेल मात्र खेलेको चेल्सीको ५६ अंक छ। २९ खेल खेलिसकेका युनाइटेड ५८ अंकका साथ चौथो र समान खेलबाट आर्सनल ५७ अंकका साथ पाँचौ स्थानमा छ।

चेल्सीको जितमा गोन्जालो हिग्वेन र जर्जिन्होले गोल गरे। फुलहमका कलुम चेम्वर्सले एक गोल पर्काए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell