
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिड विजयी भएको छ।
अल्भारो मोराटाले दुई गोल गरेपछि दश खेलाडीमा झर्नका बावजुत पनि एट्लेटिकोले रियल सोसिडाडलाई २-० ले पराजित गर्दै छिमेकी रियल मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ।
एट्लेटिको शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै ७ अंकले पछि छ।
सोसिडाडको मैदानमा भएको खेल मोराटाले ३०औँ र ३३औँ मिनेटमा गोल गरेका थिए। ६२औँ मिनेटमा कोकेले रातो कार्ड पाउदै मैदान छाडेपछि एट्लेटिको दश खेलाडीमा झरेको थियो तर त्यसको फाइदा भने सोसिडाडले उठाउन सकेन।
जितपछि २६ खेलबाट एट्लेटिकोको ५३ अंक छ। समान खेलबाट ३५ अंक रहेको सोसिडाड नवौँ स्थानमा छ।
यस्तै एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गर्दै ३६ अंक जोडेको भ्यालेन्सिया सातौँ स्थानमा उक्लेको छ।