PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'किड्स एण्ड टिन फेसन मोडल २०१९'मा को-को बने विजेता?



पहिलोपोस्ट

'किड्स एण्ड टिन फेसन मोडल २०१९'मा को-को बने विजेता?

काठमाडौं: 'किड्स एण्ड टिन फेसन मोडल २०१९' सम्पन्न भएको छ। ड्रिम सर्चले नै आयोजना गरेको 'प्रि किड्स फेसन मोडल'मा सयशाश्री महर्जन विजेता बने।

'किड्स मेल फेसन मोडल'को उपाधि सहश्र प्रधानले जिते। त्यस्तै 'किड्स फिमेल मोडल'तर्फ स्लेशा बिष्ट, 'प्रि टिन मेल'तर्फ स्वागत मल्ल, 'प्रि टिन फिमेल'तर्फ बेवीशा भण्डारी विजेता भए।

यी पाँचजना विजेताहरुले ट्रफिसँगै थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेस्टिभल २०१९ मा भाग लिन पाउनेछन्।

त्यस्तै प्रतियोगितामा 'मिनि किड्स सुपर मोडल' सान्वी शाक्य, 'प्रि किड्स सुपर मोडल' निर्जला थापा, 'किड्स सुपर मोडल' विनोना डंगोल, 'किड्स फेसन सुपर मोडल' विदुर भण्डारी, 'किड्स मेल सुपर मोडल' श्रीयन्श श्रेष्ठ, 'किड्स फिमेल सुपर मोडल' अपेक्षा शेरचन, 'प्रि टिन मेल सुपर मोडल' आरुष बस्नेत, 'प्रि टिन फिमेल सुपर मोडल' अंशिका अधिकारी भएका छन्।

प्रतियोगिताको निर्णायकमा विश्व शारिरीक सुगठन विजेता महेश्वरमान महर्जनसहित सोनिया गुरुङ, विनी बज्राचार्य, फडेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell