PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पाकिस्तानी कलाकार ब्यान्डबारे 'गल्ली बोई' अ‍‍भिनेता रणवीर सिंहको यस्तो धारणा



पहिलोपोस्ट

पाकिस्तानी कलाकार ब्यान्डबारे 'गल्ली बोई' अ‍‍भिनेता रणवीर सिंहको यस्तो धारणा

पलुवामामा आक्रमणपछि भारतमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध गर्‍यो। यसै बिषयमा 'गल्ली बोई' अभिनेता रणवीर सिंहले आफ्नो धारणा राखेका छन्।

हालै रणवीरलाई बलिउडमा पाकिस्तानी कलाकार ब्यान्डबारे प्रश्न सोधियो। उनले जवाफमा भने 'यदि दिवंगत भएका कुनै सुरक्षाकर्मीका कोही आमाले भन्छ ‍पाकिस्तानी कलाकारसँग आवद्ध नहौं, हामीले उहाँको कुरालाई सम्मान गर्नुपर्छ।'

१४ फेब्रुअरीमा जम्मू काश्मिरको पलुवामामा भएको आक्रमणमा ४२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। उक्त आक्रमणपछि 'अल इण्डियन सिने वर्कस एसोसिएसन'ले दिवंगत सुरुक्षाकर्मीप्रति संवेदना प्रकट गर्दै पाकिस्तानी कलाकारलाई ब्याण्ड गर्ने निर्णय गरेको थियो।

संघले निकालेको विज्ञप्तीमा लेखिएको थियो 'पाकिस्तानी कलाकार र गायकलाई हामी सम्पूर्ण तवरले प्रतिबन्ध गर्ने औपचारिक घोषणा गर्दछौं। यदि कसैले त्यहाँका कलाकार वा गायकसँग काम गरेको पाइयो भने उनीहरुका विरुद्ध कडा सजाए हुनेछ।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell