PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ‘मेमोरी यार्ड’ मञ्चन



पहिलोपोस्ट

विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सवमा ‘मेमोरी यार्ड’ मञ्चन

विराटनगर: विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सवको पाँचौ दिन आइतबार ‘मेमोरी यार्ड’ नाटक मञ्चन भयो।

बुधबा देखि सुरु भएको महोत्सवमा आइतबार काठमाडौंको गार्डेन थिएटरले सो नाटक मञ्चन गरेको हो। सामाजिक मान्यता, संस्कृति, धर्म र राजनैतिक कुराहरुका कारण पारिवारिक, व्यक्तिक र सामाजिक रुपमा असर पर्छ भन्ने कथा नाटकले बोलेको छ।

महोत्सवमा सोमबार झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ मञ्चन हुँदैछ। यसअघि शनिबार भारत बेहरामपुरको रित्विक नाटक समूहले सर्प नचाउने समुदायको कथा मञ्चमा उतारको थियो। फागुन १५ गते देखि आरोहण, विराटनगरको सुशीला कोइराला नाटकघरमा सुरु भएको महोत्सवको पहिलो दिन आयोजकले विराट पर्व नामको नाटक मञ्चन गर्‍यो।

त्यस्तै दोस्रो र तेस्रो दिन इटालीको इन्स्ताबिली भंगान्तीले ‘डिसापारायसिट ओएस ह्यास–४३’ नाटक मञ्चन गर्‍यो। फागुन २४ गते सम्म चल्ने महोत्सवमा विभिन्न ९ नाटक मञ्चन हुनेछन् जसमा ४ वटा अन्य देशका र नेपालका ५ नाटक मञ्चन हुनेछन्।

कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगरले महोत्सव आयोजना गरेको हो। महोत्सवमा परिवर्तन थिएटर काँकडभिट्टाको ‘विटुलो आख्यान’ २१ गते, अफगानिस्तानको ‘ता राहाये’ २२ गते, थिएयटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell