PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

टुँडिखेलमा सेनाको शक्ति प्रदर्शन

टुँडिखेलमा सेनाको शक्ति प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस’ मनाएको छ। सेनाले सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाएको हो।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभित्र कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको छ। सोमवार प्रर्दशनीको क्रममा एक सिपाही घाइते समेत भएका छन्।

वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ।



ट्रेन्डिङ पोस्ट

Ncell