PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

स्पेसल ओलम्पिक टोलीको बिदाइ



पहिलोपोस्ट

स्पेसल ओलम्पिक टोलीको बिदाइ

काठमाडौँ : स्पेसल ओलम्पिक वर्ल्ड समर गेम्समा सहभागी हुने नेपाली टोलीलाई सोमवार बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी देशको गौरव अभिवृद्धि गर्न सफलता मिलोस् भनी शुभकामना दिदै त्रिपुरेश्वरस्थित राखेपमा बिदाइ गरे।

युएइमा हुने गेम्समा नेपालले फाइभ ए साइड युनिफाइड फुटसल, बोसी र एथलेटिक्समा प्रतिस्पर्धा गर्नेछ।

गेम्समा सहभागी हुने खेलाडीमा सौरव कार्की, आदित वज्राचार्य, आदेशराज काफ्ले, अजय तामाङ, एलिसा न्यौपाने, सविना छुस्याबागा, नगिना महर्जन, क्षितिज बानियाँ, सुनीता सुनुवार, इशान श्रेष्ठ, धनबहादुर क्षेत्री, अनिश कार्की, महेन्द्र कार्की, इश्वर लिम्बू, महिमा कोइराला र सागर शेरचन रहेका छन्।

प्रमुख प्रशिक्षकमा गणेश पराजुली, फुटसल प्रशिक्षकमा ठाकुरप्रसाद गौतम, एथलेटिक्स प्रशिक्षकमा राहुल लामिछाने र शान्ति थापा तथा बोसी प्रशिक्षकमा विमला लामा छन्। मेडिकलमा रोजी श्रेष्ठ तथा मिडियामा सुन्विट मास्के र जेनिश श्रेष्ठ रहेका छन्।

टोली नेतामा स्पेसल ओलम्पिक नेपाकी अध्यक्ष डा. शिक्षिता श्रेष्ठ रहेकी छन्। मार्च १४ देखि २१ तारिखसम्म हुने गेम्सका लागि अध्यक्ष श्रेष्ठ भने सोमबारै युएइ जानेछिन्। खेलाडी र प्रशिक्षक मार्च ७ मा जाँदै छन् भने बाँकी मार्च १३ मा जाने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell