PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते



पहिलोपोस्ट

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

म्याङलुङ: तेह्रथुमको छथरगाउँपालिका २ हमरजुङकी राममाया कार्कीको घरमा मंगलवार बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ।

आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो। कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हँुदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए।

आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन्। आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए। आगलागीबाट रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell