PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

सेनाका जवानले ब्यारेकभित्रै गोली हानी आत्महत्या, बन्दुक परीक्षण गरिँदै



पहिलोपोस्ट

सेनाका जवानले ब्यारेकभित्रै गोली हानी आत्महत्या, बन्दुक परीक्षण गरिँदै
प्रतिकात्मक तस्वीर

कञ्चनपुर: कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्। ब्यारेकभित्रै खड्काले गर्दनमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्। आत्महत्याको कारण भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए।‘आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौं,‘ उनले भने।

खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। खड्का जाजरकोटको छेरा गाउँपालिका१ का बासिन्दा रहेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell