PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

निर्देशक उज्जवल घिमिरे मेरो गुरु : जसिता गुरुङ



पहिलोपोस्ट

निर्देशक उज्जवल घिमिरे मेरो गुरु : जसिता गुरुङ

काठमाडौं: फिल्म 'लभ स्टेशन'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा प्रेम, एक्सन, द्वन्द्व र सस्पेन्स देखाइएको छ। फिल्ममा अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय छ। यो जोडीले यसअघि 'लिलिबिली'मा सँगै काम गरेकाे थियाे।

चैत २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री जसिताले निर्देशक उज्जवललाई गुरु सम्बोधन गरिन्। उनले भनिन् 'उहाँ मेरो गुरु नै हुनुहुन्छ।'

आफूले उज्जवलबाट धेरै कुरा सिकेको उनी बताउँछिन्। अभिनेता प्रदीपले पनि निर्देशक उज्जवल निकै कडा स्वभावका भएपनि राम्रो फिल्म बनाउन उनलाई नै रोजेको बताए।  

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय छ। आलोक शुक्लाको छायाँकन रहेको 'लभ स्टेशन'मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell