![पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्य विग्रियो, नर्भिकमा उपचार हुँदै](https://pahilopost.com/assets/upload/contentthumb/ratna_rajyalaxmi.png)
काठमाडौं : मुमा बडामहारानी (पूर्व) रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको छ।
आज साझ ५ बजे उनलाई उपचारका लागि अस्पताल पुर्या्इएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल पुगेका छन्।
'उहाँलाई छातीको खरावी र कफ जम्ने समस्या थियो,' नर्भिकका मिडिया कोअर्डिनेटर आरपी मैनालीले पहिलोपोस्टसँग भने, 'आज भने डायरिया र पिसाव कम भएकाले यहाँ ल्याइएको हो।'
उनका अनुसार शाहको विभिन्न टेस्टहरु गरिँदैछ। त्यसको रिपोर्टपछिमात्रै उनको अवस्थाबारे भन्न सकिने मैनालीले जानकारी दिए।