PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

यस्तो बन्यो 'चट्ट रुमाल क्या मालुम'को रिमेक गीत



पहिलोपोस्ट

यस्तो बन्यो 'चट्ट रुमाल क्या मालुम'को रिमेक गीत

काठमाडौं: फिल्म 'आफ्नो मान्छे'को चर्चित गीत 'चट्ट रुमाल'को रिमेक गीत बनेको छ। फिल्म 'यात्रा अ म्यूजिकल भ्लग'को संगीत टिमले गीतको रिमेक बनाएको हो। गीतको रिमेकमा सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा फिचर्ड छन्।

निर्माण टिमले एक कार्यक्रम गर्दै सर्जकलाई सम्मानसमेत गर्‍यो। कार्यक्रममा गीतका सर्जक शम्भुजित बास्कोटा र नृत्य निर्देशक राजु शाह, स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्कालाई सम्मान गरिएको हो।

संगीतकार शम्भुजित बास्कोटा र साधना सरगमले गाएको गीतको रिमेकमा धर्मेन्द्र सेवान र मेलिना राईको स्वर छ। गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ।

गीतलाई झन्डै ४ दिन लगाएर छायाँकन गरिएको बताइएको छ। फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। फिल्ममा सलिनसँगै जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको अभिनय छ।

फिल्ममा विदेशी कलाकारहरु चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ। कोटकी कालिकादेवी फिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा संजय लामाको छायाँकन, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन छ।

गीतबारे सलिनले भने 'जुन गीतसँगै म हुर्किए आज त्यही गीतमा आफुलाई देख्दा खुशी लागेको छ। हामीले कोसिस गरेका छौ, गीतलाई न्याय गर्न कति सफल भयौ यसबारे दर्शकले कमेन्ट दिनुनै हुनेछ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell