PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

पोखरामा हतियारसहित चार जना पक्राउ



पहिलोपोस्ट

पोखरामा हतियारसहित चार जना पक्राउ

काठमाडौँ: प्रहरीले अवैध हतियारसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले चारै जनालाई सोमबार नियन्त्रणमा लिएको हो। कास्की रुपा गाउँपालिका वडा नम्बर ७ तालवेसी तथा सौर्यवासका विभिन्न स्थानहरूमा अवैध रूपमा हातहतियार राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ।

पक्राउ पर्नेहरूमा रुपा गाउँपालिका ७ घर भएका ५५ वर्षीय नारायणबहादुर गुरुङ, ४८ वर्षीय दिलबहादुर गुरुङ, ४५ वर्षीय सुरेश गुरुङ र ५४ वर्षीय मनबहादुर थापा मगर रहेका छन्। प्रहरीले उनीहरूको साथबाट २२ बोरको राइफल, १२ बोरको सट गन, भरुवा बन्दुक बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell