PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बी डिभिजन लिगको उपाधि आरसिटीले जित्यो



पहिलोपोस्ट

बी डिभिजन लिगको उपाधि आरसिटीले जित्यो

काठमाडौँ : रानीपोखरी कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगको उपाधि जितेको छ।

लिग अन्तर्ग मंगलवार भएको अन्तिम खेलमा श्री भगवतीलाई १-० ले पराजित गर्दै आरसिटी च्याम्पियन बनेको हो।

एन्फा कम्प्लेक्समा भएको खेलमा बरसिटीका लागि लोकेन्द्र बहादुर कार्कीले एक मात्र गोल गरे।

१२ टोली सहभागि लिगम दोस्रो चरणमा ४ टोली पुगेका थिए। जसमा आरसिटीले ३ वटै खेल जित्दै ९ अंक जोडेको हो।

श्री भगवतीले भने ६ अंक जोड्यो। यस्तै अर्को खेलमा टुसला युथ क्लबले सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गर्‍यो।

च्याम्पियन आरसिटीले नगद ८ लाखर उपविजेता श्री भगवतीले ५ लाख र हात पार्‍यो।

यस्तै तेस्रो र चौथोले क्रमश : ३ लाख र २ लाख पाए।

यसैगरी व्यक्तिगत विधातर्फ आरसिटीका लोकेन्द्र कार्की उत्कृष्ट डिफेण्डर तथा आरसिटीकै बैजु कपाली उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै टुसालका विनोद सोडारी उत्कृष्ट गोलकिपर, श्री भगवतीका दर्शन गुरुङ उत्कृष्ट मिडफिल्डर र सातदोबाटेका बिरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड घोषित भए। उत्कृष्ट सबैले २५-२५ हजार प्राप्त गरे।

यस्तै श्री कुमारीले फेयर प्ले अवार्ड सहित २५ हजार पायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell