PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सी डिभिजन लिग बुधबारबाट



पहिलोपोस्ट

सी डिभिजन लिग बुधबारबाट

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शहिद स्मारक सी डिभिजन लिग बुधवारबाट सुरु हुँदैछ।

सी डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन्। सहभागि ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा ६ र समूह बी मा ५ क्लब रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्।

समूह ए मा स्वयम्भु क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकिकृत युथ क्लब, सानोगौचरण युवा क्लब र सामाजिक युवा क्लब छन्। यस्तै समूह बी मा वीरगंज युथ एकेडेमी, खालीबारी युवा फुटबल क्लब, महाविर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन, सानेपा क्लब र समाज कल्यान खेलकुद केन्द्र छन्।

लिगको पहिलो दिन उद्घाटन खेलमा खालीबारी क्लब र माज कल्यान क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै महाविर क्लब र सानेपाबीच पनि बुधवारै खेल हुनेछ।

पहिलो चरणपछि दुई समूहमा दुई-दुई क्लब दोस्रो चरण पुग्नेछन्।

दोस्रो चरणमा पहिलो चरणको अंक जोडिने छैन। यस्तै पहिलो चरणको अन्तिम स्थानमा रहने दुवै समूहमा एक-एक क्लबको एक अंक अर्को वर्षको लिगमा घटाइनेछ भने प्रतियोगिता तयारीमा लागि दिइनेमध्ये ५० हजार कटौती गरिनेछ।

लिगको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउनेछन्। यसैगरी विधागत उत्कृष्टले नगद २५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell