PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ग्यास उद्योगीको माग पूरा गर्ने सरकारको प्रतिवद्दताः हड्ताल स्थगित, आजदेखि ग्यास खरिद गर्ने



पहिलोपोस्ट

ग्यास उद्योगीको माग पूरा गर्ने सरकारको प्रतिवद्दताः हड्ताल स्थगित, आजदेखि ग्यास खरिद गर्ने

काठमाडौंः सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि ग्यास उद्योगीले हड्तालका कार्यक्रम स्थगन गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको उपस्थितिमा नेपाल आयल निगम र ग्यास उद्योग संघबीच भएको वार्तामा उद्योगीको मागका बारेमा अध्ययन गर्न गठित समितिले १६ दिनभित्र सुझाब दिने र त्यही सुझाबका आधारमा माग पूरा गर्ने सहमति भएपछि हड्तालका कार्यक्रम स्थगित भएको हो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र संघका अध्यक्ष गोकुल भण्डारीसहितको टोलीबीच वार्ता भएको थियो।

वार्तामा पेट्रोलियम पदार्थको व्यवस्थापन र समग्र सुधारको मार्गचित्र तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने समेत सहमति भएको छ। ग्यास उद्योगीले १० बुँदे माग राख्दै हड्तालको घोषणा गरेका थिए। उद्योगीले शुक्रबारदेखि ग्यास खरिद समेत रोकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell