PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

च्याम्पियन्स लिग : १३ पटकको विजेता रियल मड्रिड बाहिरियो, वर्नावेउमा ४ गोल गर्दै अयाक्स क्वाटरफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : १३ पटकको विजेता रियल मड्रिड बाहिरियो, वर्नावेउमा ४ गोल गर्दै अयाक्स क्वाटरफाइनलमा

सर्वाधिक १३ पटकको विजेता स्पानिस जायन्ट रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ। पहिलो लेगमा २-१ को जित हात पारेको रियल मड्रिड दोस्रो लेगमा ४-१ ले पराजित भएपछि अन्तिम १६ बाटै बाहिरिएको हो।

पहिलो लेग हारेपनि रियलको मैदान सान्टियागो वर्नावेउमा भएको दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै अयाक्सले ४ गोल गरेको हो।

शानदार जितपछि अयाक्स समग्रमा ५-३ ले विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको हो।

रियललाई उसैको मैदानमा लज्जुपद हार चखाउन अयाक्सका लागि हाकिम जियाच, डेभिड नेरेस, डुसान टाडिक र लासे सोएनेले गोल गरे।

रियलका लागि मार्को असेन्सिओले एक गोल फर्काए। इन्जुरी टाइममा रियलका नाचो फर्नान्डेज रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

पछिल्लो तीन संस्करणको विजेता रियल मड्रिड सन् २०१५ मे ३ पछि पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणबाट बाहिरिएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell