PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

च्याम्पियन्स लिग : टोटनहम आठ वर्षपछि क्वाटरफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : टोटनहम आठ वर्षपछि क्वाटरफाइनलमा

इंग्लिस क्लब टोटनहम हट्सपर ८ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४-० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो।

पछिल्लो पटक टोटनहमले सन् २०११ मा क्वाटरफाइनल खेल्दा रियल मड्रिडसँग दुई लेगमा ५-० ले पराजित भएको थियो।

यस पटक क्वाटरफाइनल पुग्ने क्रममा टोटनहमले डर्टमण्डमाथि शानदार जित हात पार्‍यो। घरेलु मैदानमा पहिलो लीग ३-० ले जितेको टोटनहमले दोस्रो लीगमा डर्टमण्डलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो।

टोटनहमका लागि एक मात्र गोल ह्यारी केनले ४९औँ मिनेटमा गरे।

टोटनहम क्लबको इतिहासमै दोस्रो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।

पछिल्लो तीन संस्करणको विजेता तथा सर्वाधिक १३ पटकको विजेता विजेता रियल मड्रिड भने डच क्लब अयाक्ससँग समग्रमा ५-३ ले पराजित हुँदै प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell