PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

धनगढी पुगेर गृहमन्त्री भने,‍‍ 'निर्मला प्रकरणमा अपराधीलाई छिटो भन्दा छिटो कठघरामा उभ्याउँछौं'



पहिलोपोस्ट

धनगढी पुगेर गृहमन्त्री भने,‍‍ 'निर्मला प्रकरणमा अपराधीलाई छिटो भन्दा छिटो कठघरामा उभ्याउँछौं'

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले गत साउन ११ गते कञ्चनपुरमा मृत अवस्थामा फेला परेकी ११ वर्षीय बालिका निर्मला पन्त घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सुदूरपश्चिमको सुरक्षा गोष्ठीको क्रममा धनगढी पुगेका गृहमन्त्री थापाले पत्रकारसँग कुरा गर्दै भने,’ अनुसन्धान जारी छ। केही हाम्रा निकायको लापरबाहीको कारणले अनुसन्धानमा जटिलता पैदा भयो। तर छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा ल्याउछौं।‘

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना ८ महिना वितिसक्दापनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन नसक्दा सरकार आलोचित बन्दै आएको छ। गृहमन्त्री थापाले देशमा विस्फोटन तथा तोडफोड गर्ने समूहलाई मूलभूतरुपमा नियन्त्रण गरेको दाबी गरे।‘ केही समूहले बिचमा विस्फोटन तथा ध्वङसात्मक गतिविधि गरेका छन्। यसमा सरकार गम्भीर छ। यसमा संलग्न समूहलाई मूलभूतरुपमा नियन्त्रमा लिएका छौँ।‘ गृहमन्त्री थापाले भने।

गत फागुन १० गते शुक्रवार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर बम विस्फोट भएको थियो। विस्फोटमा परि लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। दुई जना घाइते छन्। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य भुजेललाई नियन्त्रणमा लिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell