PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

अनुपको पुरानै छ बुलेट



पहिलोपोस्ट

अनुपको पुरानै छ बुलेट

काठमाडौं:  चैत १ गते प्रदर्शनमा आउने फिल्म 'पुरानो बुलेट'को टाइटल गीत सार्वजनिक भएको छ। फिल्मको 'मेरो पुरानो बुलेटैमा'मा बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ। गीतमा जयन जे. वाइवाको स्वर, शब्द तथा संगीत छ। गीतको भिडियोमा फिल्मका दृश्यहरु समेटिएका छन्।

क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बनेको 'पुरानो बुलेट'लाई भीषण राईले निर्देशन गरेका हुन्। फिल्ममा अनुप बिक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राईलगायतको अभिनय छ।

फिल्ममा हरि घले लामाको छायाँकन, उत्तमजंग लिम्बु र जयन जे. वाइवाको संगीत, राजेशपायल राई, मेलिना राई, जयन र उत्तम जंग लिम्बुको गायन छ। फिल्ममा प्रसान्त तामाङको कोरियोग्राफी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell