PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

प्रदीप खड्काको नजरमा यी हुन् नराम्रा निर्देशक



पहिलोपोस्ट

प्रदीप खड्काको नजरमा यी हुन् नराम्रा निर्देशक

काठमाडौं: अभिनेता प्रदीप खड्काले फिल्म बनाउन निर्देशक पनि राम्रै छान्नुपर्ने बताएका छन्। उनका पछिल्ला दुई फिल्महरु बक्स अफिसमा असफल रहे। 'लिलिबिली' निर्देशक मिलन चाम्स र 'रोज' निर्देशक निरक पौडेललाई उनले नराम्रा निर्देशकको सूचीमा इंकित गरे।

मङ्गलबार भएको एक  पत्रकार सम्मेलनमा उनले निर्देशक बारे आफ्नो धारणा राखेका हुन्।

'पहिलाका एक दुईवटा कामबाटै डाइरेक्टर चाहीँ राम्रै चाहिन्छ भन्ने भइसकेको थियो', उनले घुमौरो शैलीमा मिलन र निरकलाई औंलाए। दुई फिल्म अर्थात 'लिलिबिली' र 'रोज'।

अहिले उनी अभिनित 'लभ स्टेशन' प्रदर्शनको तयारीमा छ। जसका लागि निर्देशक उनी स्वयंले छानेका हुन्।  'यो फिल्मको लागि भने डाइरेक्टर उज्जवल घिमिरेलाई छान्यौं।'

'लभ स्टेशन' नचले प्रदीपले उज्जवलाई पनि नराम्रा निर्देशकको सुचीमा राख्ने त हैनन्?

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell