PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

आरिफ र रोहित एनसीसी बैँकको ब्राण्ड एम्बासडर, दुई वर्षको लागि ६ लाखको सम्झौता



पहिलोपोस्ट

आरिफ र रोहित एनसीसी बैँकको ब्राण्ड एम्बासडर, दुई वर्षको लागि ६ लाखको सम्झौता

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी आरिफ शेख र रोहित कुमार पौडेललाई नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैँकले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ।

एनसीसी बैँकले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुई उदयीमान क्रिकेटरलाई दुई वर्षको लागि ब्राण्ड एम्बासडर बनाएको हो।

आरिफ र रोहितलाई एनसीसी बैँक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैँकको लोगो अंकित टिसर्ट प्रदान गरेर खेलाडीलाई अनुबन्ध गरेका हुन्।

'नेपालको खेलकुद क्षेत्रमा अहिले क्रिकेट दोस्रो लोकप्रिय खेल हो। क्रिकेटले पछिल्लो समय प्रगती गरिरहेको छ। त्यसैले हामीले दुई उदयीमान क्रिकेटरलाई २ वर्षको लागि ब्राण्ड एम्बासडर नियुक्त गरेका छौँ।' बैँकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले भने। 'खेलाडीको व्यक्तिगत विकासको लागि हामीले दुई खेलाडीलाई मासिक २५-२५ हजारका दरले दर्ई वर्षका लागि अनुबन्ध गरेका हौँ। यो पारिश्ररुमिक नभएर सहयोगको रुपमा रहनेछ।'

'अब यी क्रिकेटरले बैँकको प्रोडक्स विस्तारमा पनि विकास गर्नेछन्।'

आरिफलाई यसअघि सिप्रदीले पनि ब्राण्ड एम्बासडर नियुक्त गरिसकेको छ। रोहितको भने यो पहिलो अनुबन्ध हो। ओडिआई क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका रोहितले एकदिनअघि मात्र सिप्यानले आयोजना गरेको क्रिकेट अवार्डमा उदयीमान खेलाडीको अवार्ड जितेका थिए।

एम्बासडर नियुक्त भएपछि दुवै खेलाडीले एकदमै खुशी लागेको र यसबाट थप राम्रो प्रदर्शन गर्न हौसला मिलेको बताए।

यस्तै बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउने खेलाडीसँथ जोडिन पाउदा खुशी व्यक्त गरे। उनले खेल क्षेत्र विशाल रहेको भन्दै यसले अन्तर्राष्ट्रिय पहिचान दिने बताए। उनले युथ ओलम्पिक गेम्समा नेपालको तर्फबाट पहिलो सेभ दि मिसन भएर गएको स्मरण गर्दै खेलकुदले एकदमै खुशी दिने माध्यम भएको प्रतिक्रिया दिए।

यस्तै न्यौपानेले दक्षिण एसिया क्रिकेटको लागि ठूलो 'हव' रहेको बताउँदै नेपाल क्रिकेट खेल्न बेस्ट क्लाइमेट भएको देश रहेको र यहाँ न्यूट्रल भेन्यु विकास गर्न सके त्यसले फाइदा पुग्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell