PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सी डिभिजन लिग : सानेपाको शानदार जित, खालीबारी र समाज कल्याणले बाँडे अंक



पहिलोपोस्ट

सी डिभिजन लिग : सानेपाको शानदार जित, खालीबारी र समाज कल्याणले बाँडे अंक

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आजबाट सुरु भएको शहिद स्मारक सी डिभिजन लिगमा सानेपा क्लबले विजयी सुरुवात गरेको छ।

बुधवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सानेपाले महाविर क्लबलाई ४-० ले पराजित गर्दै ३ अंक जोडेको हो।

सानेपालाई शानदार जित दिलाउन कुनसाङ गुरुङले ह्याट्रिक गरे भने हेमन्त गुरुङले एक गोल गरे।

यस्तै बुधवारै भएको अर्को खेलम खालीबारी युवा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell