PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

३५ लाख रुपैयाँसहित नेपालगञ्जमा दुई भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

३५ लाख रुपैयाँसहित नेपालगञ्जमा दुई भारतीय नागरिक पक्राउ

राँझाः नेपालगञ्जमा ३५ लाख नेपाली रुपैयाँसहित घुम्दै गरेका दुई भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ स्थित पासाङल्हामु मार्गबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले सो रकमसहित भारतका ३० वर्षीय रवीसचन्द्र पाण्डे र जमुनाह छोटी भन्सार निवासी बालक छोटु तिवारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए।

उनीहरू युपी ३२ ग ८२४४ नम्बरको भारतीय मोटरसाइकलमा घुम्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell