PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

च्याम्पियन्स लिग : युनाइटेडको उत्कृष्ट कमब्याक, अवे गोलमा पिएसजीलाई हराउँदै क्वाटरफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : युनाइटेडको उत्कृष्ट कमब्याक, अवे गोलमा पिएसजीलाई हराउँदै क्वाटरफाइनलमा

रोमेलु लुकाकुको दुई गोल अनी मार्कुस रासफोर्डको इन्टुर टाइम पेनाल्टी गोल मद्दतमा पेरिस सेन्ट जर्मने (पीएसजी) लाई अवे गोलमा पछि पार्दै म्यानचेष्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

घरेलु मैदानमा पहिलो लेग २-० ले हारेको युनाइटेडले दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्दै ३-१ को जित हात पार्‍यो। समग्रमा स्कोर ३-३ को बराबरी भएपनि अवे मैदानमा गरेको गोलको आधारमा युनाइटेड अन्तिम आठमा प्रवेश गरेको हो।

युनाइटेडलाई जित दिलाउन इन्जुरी टाइमम रासफोर्डले भारको सहयोगमा प्राप्त पेनाल्टीमा गोल गरे।

पिएसजीको घरेलु मैदानमा भएको खेलको दोस्रो मिनेटमै लुकाकुले गोल गर्दै अग्रेगेट स्कोर २-१ मा झारेका थिए। तर १२औँ मिनेटमा युवान बर्नान्टले गोल गर्दै पिएसजीलाई ३-१ को अग्रता दिलाए। ३० मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि स्कोर ३-२ भएको थियो।

निर्धारित समयमसम्म पिएसजी समग्रमा अगाडि नै थियो। तर इन्जुरी टाइममा युनाइटेडले पेनाल्टी पायो र त्यसमा रासपोर्डले गोल गर्दै जित दिलाए।

युनाइटेडका डिओगो डालोटले प्रहार गरेको बल पिएसजीका प्रेस्नेल किम्पेम्बेको हातमा लागेर फर्केपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोग लिँदै युनाइटेडलाई पेनाल्टी प्रहार गर्ने अवसर दिए।

रासपोर्डले युनाइटेडका लागि प्रतिस्पर्धात्मक खेलमा पेनाल्टी प्रहार गरेको यो नै पहिलो पटक हो र यसमा उनी सफल भए।

च्याम्पियन्स लिगमा घरेलु मैदानमा भएको पहिलो लेगमा २-० ले पछि परेर दोस्रो लेगमा जित हात पार्दै अघिल्लो चरण पुगेको यो पहिलो अवसर हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell