PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

च्याम्पियन्स लिग : एलेक्सले अतिरिक्त समयमा गोल गरेपछि रोमाविरुद्ध पुनरागमन जित हात पार्दै पोर्टो क्वाटरफाइनलमा



पहिलोपोस्ट

च्याम्पियन्स लिग : एलेक्सले अतिरिक्त समयमा गोल गरेपछि रोमाविरुद्ध पुनरागमन जित हात पार्दै पोर्टो क्वाटरफाइनलमा

एलेक्स टेलेसले अतिरिक्त समयको अन्त्यतिर पेनाल्टी गोल गरेपछि इटालियन क्लब रोमालाईसमग्रमा ४-३ ले पराजित गर्दै पोर्चुगिज क्लब पोर्टो युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रिक्वाटरफाइनल पहिलो लेगमा २-१ ले पराजित भएको पोर्टोले दोस्रो लेगमा ३-१ को जित हात पारेको हो। निर्धारित समयमा पोर्टोले घरेलु मैदानमा २-१ को अग्रता बनाएपछि खेल समग्रमा ४-४ को बराबरी भएको थियो। पहिलो लेगमा रोमाले घरेलु मैदानमा २-१ ले जितेको थियो।

त्यसैले निर्धारित समयमा स्कोर समग्रमा ४-४ भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको हो। जसमा २७औँ मिनेटमा एलेक्स टेलेसले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell