A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.67a3440e9b25a2.29429992): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.67a3440e9b25a2.29429992,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सीएमसी गएपछि मेलम्ची ठप्प! हेलम्बु भन्छ, 'पानी लैजाउ, बाटो देऊ'
PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

सीएमसी गएपछि मेलम्ची ठप्प! हेलम्बु भन्छ, 'पानी लैजाउ, बाटो देऊ'



सहयोग रञ्जित

सीएमसी गएपछि मेलम्ची ठप्प! हेलम्बु भन्छ, 'पानी लैजाउ, बाटो देऊ'

'सीएमसी कम्पनी एक महिना बिदामा गएको। बेस्ट अफ लक फर योर लाइफ।'

हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको क्षेत्रमा एक सिलिन्डरमा लेखी छोडिएका शब्द हन् यी।

गत डिसेम्बरदेखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नाले बीचमै काम छोडेर हिँड्यो।

९० प्रतिशत काम सम्पन्न भएको दाबी गरिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको ठेकेदार नै बजेटको अभावको कारण देखाउँदै भागेपछि पानीको अभावमा काकाकुल बनेको काठमाडौँ उपत्यकाको तिर्खा मेट्ने आशामा धक्का लाग्यो।

हाल आयोजनास्थल कवाड जम्मा गरी राखिएको स्थान जस्तो देखिएको छ। मेलम्ची आयोजनास्थल प्रवेश गरेसँगै बाटोभरी निर्माण सामाग्री छरिएका छन्। खुल्ला छाडिएका कति सामाग्री खिइसके। 'ब्रेक थ्रु' गरिएको सुरङमार्ग बन्द छ। गाडीहरूको अवस्था आयोजनाभन्दा जीर्ण बनेको छ।

कलकल बग्दै गरेको मेलम्चीको आवाजमा रम्न आयोजनास्थलमा बेवारिसे रूपमा छाडिएका संरचना, डण्डी, इट्टा, काठ लगायतका सामाग्रीले दिँदैन।

मेलम्ची आउने र काठमाडौँको खानेपानीको समस्या कम हुने आशामा जारको पानी किनेर पिउँदै गरेका काठमाडौँवासीलाई ती दृश्य देख्दा मन खिन्न हुनु स्वाभाविक हुन सक्छ।

तर त्यो भन्दा बढी पीडामा छ हेलम्बु।

आयोजना सम्पन्न हुन नसक्दा हेलम्बु गाउँपालिका वडा नम्बर १ मा विकास निर्माणका कार्य ठप्प भएका छन्।

आयोजना स्थलसँग प्रत्यक्ष सम्बन्ध रहेको हेलम्बुका केही गाउँ कच्ची भए पनि सडक मार्गसँग जोडिएका थिए पहिले। तर जबदेखि काठमाडौँको तिर्खा मेटाउने भन्दै ती क्षेत्रमा कामले गति लिँदै जाँदा त्यहाँका स्थानीयहरूले सडक र बिजुलीको अभाव लगायतका समस्या भोग्नु पर्‍यो।

मेलम्चीको मुहानभन्दा माथि रहेको सरमथली र रिधर्मा गाउँमा एक वर्ष अघिसम्म बाटोको सुविधा थियो। तर गत दसैँमा नै काठमाडौँलाई पानी खुवाउने हतारोमा त्यो सडक बन्द गरियो। स्थानीय सडकबाट बञ्चित भए। उनीहरू अर्कै गाउँका बाटो हुँदै लामो यात्रा गर्न बाध्य भए।

हेलम्बु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिङ्मार लामा भन्छन्,' दसैँमा खानेपानी पुर्‍याउने भन्दै सडकमा पाइपलाइन बिछ्याइयो। त्यसपछि बाटो बन्द भयो। न त पानी काठमाडौँ पुग्यो न पाइपलाइन बिछ्याइएपछि उनीहरूले बाटो छोडे। उल्टै ठेकेदार भाग्यो।' 

मुहानमा ड्याम र पाइपलाइन बनाउने क्रममा गाउँसम्म पुग्ने 'अफ रोड' बन्द भए। पक्की पुल बनाउने आशा दिइयो। तर न पुल बन्यो र न त सडक खुल्ला गरियो।  

लामाका अनुसार आयोजनाले पहिला ती गाउँहरुमा पुग्ने गरी पक्की पुल निर्माण गर्ने सहमति गरेको थियो। स्थानीय सरकार आएपछि गाउँपालिकाले सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको थियो। तर केन्द्रमा थुप्रै डेलिगेसन जाँदा पनि काठमाडौँमा मेलम्ची नआए जस्तै हेलम्बुवासीलाई देखाइएको पुलको सपना हालसम्म सपनामै सीमित भएको छ।

'आयोजना सम्पन्न नहुँदा धेरै दुःख छ। सरकारले आश्वासन दियो तर खै केही भएको छैन। पहिला पक्की पुल बन्ने डिजाइन थियो। अहिले पुलको डिजाइन छैन रे' लामा भन्छन्।

मुहानका कारण खतरामा रहन सक्ने वडामा रहेका तार्केघ्याङ, मेलम्चीघ्याङ, घ्याङलुङ लगायत आठ गाउँ विस्थापित हुन नपर्ने ग्यारेन्टी गर्न गाउँपालिका र हेलम्बु खानेपानी सरोकार समितिले आयोजना र सरकारसमक्ष माग गरेको उनले बताए।

मेलम्चीको नाममा स्थानीय जनताले धेरै दुःख पाएको भन्दै उनले अब स्थानीयहरुको आवश्यता पूरा भएपछि मात्रै आयोजनाको काम अघि बढ्न दिनेतर्फ उन्मुख हुन सक्ने बताए।

लामा भन्छन् 'मेलम्ची राष्ट्रिय प्राथमिकतामा परेको आयोजना हो। पानी छिट्टै काठमाडौँ जाओस्, आयोजना सकोस्। त्यसपछि हामी हाम्रो क्षेत्रको विकासमा अघि बढ्न सकौँ।'

वि सं २०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले 'मेलम्चीको पानी ल्याएर काठमाडौँका सडक पखाल्ने' घोषणा गरेदेखि नै मेलम्चीको पानी काठमाडौँवासीको सपना बनेको थियो। तर, राजतन्त्र ढलेर गणतन्त्रसम्म आइपुग्दा समेत उपत्यकावासीका लागि मेलम्चीको पानी सपनामै सीमित बनिरहेको छ।

२०५२ बाट औपचारिक रूपमा सुरु भएको मेलम्ची खानेपानी आयोजना निर्माणक्रमदेखि हालसम्म कयौँ सरकार फेरिए। तर, मेलम्चीको पानी ल्याउने बाचा फेरिएन। बरु काठमाडौँ र हेलम्बुका जनता सरकारको बाचादेखि नै आजित भइसके।

दुई तिहाइको सरकार बनेपछि गत दसैँमा नै काठमाडौँमा मेलम्चीको पानी आउने घोषणा खानेपानीमन्त्री बिना मगरले गरेकी थिइन्। तर दशैं बित्यो, तिहार बित्यो, लगत्तै क्रिस्मस आयो। क्रिस्मस मनाउन इटाली हिँडेको सीएमसी फर्केर आएन।

नफर्किएको सीएमसीलाई फर्काउने र नफर्काउने विषयमा मन्त्रालयभित्रै विवाद चर्किएको तथ्य सार्वजनिक भयो।

खानेपानीमन्त्री बिना मगर सिएमसीलाई नै फर्काएर आयोजनाको काममा फर्काउने अडानमा रहेको बुझिन्छ। तर दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी)ले मेलम्ची खानेपानी आयोजनाको काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नालाई जबर्जस्ती काममा फर्काए भुक्तानी रोक्ने चेतावनी दिइसकेको छ।

तर पनि सरकार मेलम्ची आउने सपना बाँड्दैमा व्यस्त छ।

पुस १९ गते ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर भागेको अवस्थामा जुनसुकै अवस्थामा मेलम्चीको काम अघि बढाउने दाबी गरेका थिए प्रधानमन्त्री केपी शर्मा ओलीले।

‘२७ वर्ष चिप्ले किराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्ष यता जापनिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको छ’ प्रधानमन्त्री ओलीले भनेका थिए।

तर, ओलीको बोली बितेको दुई महिनापछि मेलम्ची खानेपानी आयोजनास्थल पुग्दा न चिप्ले किराको गति देखियो न त जापनिज कार दौडिएको देखियो।

देखियो त मात्रै ठप्प रहेको मेलम्ची। मेलम्चीको पानी आउने मुहान नजिक पुगेका सेल्फी लिँदै गरेका काठमाडौँका केही अनुहार र पानी लगे बापत सडकको आसमा रहेका हेलम्बुका जनता।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell