काठमाडौं: व्यवसायिक जीवन अनि कानुनी शिक्षा। प्रष्ट अभिव्यक्ति र शालीन प्रस्तुति। समीक्षा बास्कोटासँग ती सबै गुण थिए जो काठमाडौं महानगरपालिका हाँक्न आवश्यक छ। तर, निर्वाचनको प्रारम्भिक नतिजा आइरहँदा गुमनाम नै छिन् समीक्षा -रञ्जु दर्शनाको ठिक विपरीत। रञ्जु जसले काठमाडौंमा मूलधारे पार्टीको चैन चुडाइदिएकी थिइन्। त्यसरी नै अहिले बालेन साहले अत्याइरहेका छन् – केशव स्थापित र सिर्जना सिंहहरुलाई। रञ्जु दर्शना र मिलन पाण्डेहरु…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि आफ्नै गाउँको निर्वाचन परिणाम अप्रिय सावित भयो। जहाँ देउवा जन्मिए, त्यहीँ उनीविरुद्ध बागी उम्मेदवारले जित निकाले। सन्दर्भ हो डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ को। स्थानीय तहको हिजो सम्पन्न निर्वाचनमा प्रधानमन्त्री देउवाको वडामा कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस विपीको करुवा चिह्नबाट उम्मेदवार बनेका नरेशराज भण्डारीले वडा अध्यक्ष जिते। भण्डारीले ६ सय ७३ मत ल्याएर…
काठमाडौं: पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा एउटा नारा निकै चर्चित थियो - ‘गाउँगाउँमा सिंहदरबार’। काठमाडौंमा रहेको राणाकालीन सिंहदरबारबाट शासित वर्गलाई स्थानीय तहमै सरकारको अनुभूति दिने बाचा थियो त्यतिखेर। अनि देशभर ७ सय ५३ स्थानीय तहमा पहिलोपटक बन्यो सरकार। सरकार त बन्यो, कहिँकतै भवनकै रुपमा 'सिंहदरबार' पनि ठडिए। तर गाउँका मानिसलाई काठमाडौंको सिंहदरबार जति टाढा थियो, ती विशाल कायाका भवनहरु धेरै…
काठमाडौं : असीको दशकमा कालिमाटीस्थित ‘जीवन दाइया पस’ निकै चर्चित थियो। अहिले ब्रेकफास्ट भने झैँ त्यो बेला बिहानै चिया-मरी खाने जङ्सन थियो ‘जीवन दाइको पसल’। जीवनराज मानन्धरले संचालनमा ल्याएको उक्त पसल स्थानीयका लागि गजबको 'पब्लिक स्पेयर' थियो जहाँ विकाससँगै राजनीतिका चर्का बहस हुन्थे। त्यहीँका छलफलले जीवनराजलाई राजनीतिमा लाग्न प्रेरणा दियो। वाम विचारधाराबाट प्रभावित जीवनराज पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए। तत्कालीन…
काठमाडौं : तीन वर्षअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकले काठमाडौं उपत्यका नराम्रोसँग आन्दोलित बनेकाले आसन्न स्थानीय चुनावमा त्यसको असर पर्ला कि नपर्ला? एक सयभन्दा धेरै नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम हुने तय भएको थियो २०७६ असार ४ गते। थेग्न नसकिनेगरी प्रतिरोध हुने सुइको पाएको ओली सरकारले सभाको एक दिन अघि…
काठमाडौं : सोमवार दिउँसो भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी नेपाल आए। आफ्नो साथी सुम्निमा उदासको ‘इन्भाइटेड गेस्ट’ बनेर काठमाडौं ओर्लिएका हुन् राहुल। नक्सालस्थित होटल मेरियटमा बसेका उनको नेपाल भ्रमणबारे भारतीय मिडिया लगभग बेखबर थियो। जब साँझतिर नेपाली मिडियाले राहुल ‘सुटुक्क’ काठमाडौं आएको समाचार छापे, भारतीय मिडियामा पनि राहुलबारे सनसनीखेज समाचार आउन सुरु भइहाल्यो। राहुल काठमाडौं आउनुको कारण थियो उदासको…
फागु शुक्ल पूर्णिमाको साँझदेखि उपत्यकामा एकै लयको गीत गुञ्जिन सुरु भएको छ। भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लले लेखेका गीत 'थथिं जा:गु रसबस तोल-ताव, राम हं जि गन वने' दाफाहरुमा सुनिन्छन्। काठमाडौंमा पाहाँ च:ह्रे लगातयका पर्व र ललितपुरमा घोडेजात्रा लगायतका पर्वहरुमा पनि यही लयकै गीत गुञ्जिने गर्छ। यो गीतले बसन्त ऋतुको आगमनको संकेत गर्छ। 'यस्तो रसबस छोडेर हे राम म कहाँ…
काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गरेकी हुन्। काठमाडौं महानगरपालिकाको अनुदानमा निर्मित काष्ठमण्डपको सोमवार भण्डारीले लोकार्पण गरेकी हुन्। भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूची क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न महानगर र सम्पदाकर्मी तथा निर्माण कार्यमा संलग्न व्यक्तिहरुको प्रशंसा गरिन्।…
काठमाडौं : न्युरोड गेटमा रहेको नेपाल वायुसेवा निगम (एनएसी) को मुख्यालयमा एउटा विशेष कोठा छ जसको हवाइसेवासँग कुनै पनि नाता छैन। त्यो विशेष कोठा हरेक वर्ष आयोजना हुने घोडेजात्राको दिनमात्र प्रयोगमा आउँछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको कार्यालयको कोठाको राज के हो त? सधैं बन्द हुने यो कोठा घोडेजात्रा आउनुअघि खोलिन्छ र सरसफाइ गरिन्छ। त्यसबाहेक आजमात्र हो प्रयोगमा आउने। आज अर्थात् घोडेजात्रा।…
शनिवार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्र पुगे। अवसर थियो – भीमसेन मन्दिरको उद्घाटन। करिब तीन वर्ष लगाएर निर्माण सम्पन्न भएको मन्दिर देखेर शनिवार प्रधानमन्त्री देउवा निकै खुशी भए। उनले महानगरको तारिफ त गरे नै, सम्पदा निर्माणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने कुरा ललितपुरले पुष्टि गरेको समेत बताए। प्रधानमन्त्रीलाई उद्धत गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, 'मन्दिर उद्घाटनका…
‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला…’ गीतका शब्दहरुले भन्छ - 'होलीको मेला केटी, तिमीलाई थाहा छैन र? अलिकति अबिर दल्नु हुन्न र?' काठमाडौं उपत्यकामा रहेका दाफाहरुमा बिहान साँझ गुञ्जिने यो गीतको लयले फागुको उल्लासमा बग्लै रौनक थप्छ। कुनैबेला यी र यस्तै लोकभाका गाउँदै फागुका दिन शहर बजार परिक्रमा गर्थे युवाहरु। आफूलाई मनपरेको मान्छेसामु पुग्थे। अनि गीतमार्फत् नै…
काठमाडौं : १९९० साल अघिसम्म वसन्तपुर क्षेत्रमा अहिलेजस्तो खुला डबली थिएन। त्यहाँ श्रीखण्ड तरमुल महाबिहार अन्तर्गतका संरचना थिए। पाँचवटा कचा बहा:हरु थिए। चैत्य थियो। मन्दिर थियो। इनार पनि थियो। १९९० सालको भूकम्पपछि त्यहाँ रहेका घरहरु केही भत्किए, केही चर्किए। राणा शासकले भूकम्पले भत्किएका संरचना बनाउनुको सट्टा उक्त स्थानलाई खुल्ला छाड्ने निधो गरे। त्यहाँ बसोवास गर्दै आइरहेकालाई अन्यत्र सारियो। र, आधा…
रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौंकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौंको नभइ भक्तपुरको रानीपोखरी (न्हू पुखू)को कथा हो। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ। जसबारेमा भक्तपुरकै युवापुस्ता अन्जान हुन सक्छन्। भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा जेठो पोखरी हो। उक्त पोखरी मल्ल राजा जगज्योति मल्लले निर्माण गर्न लगाएका थिए। काठमाडौंमा…
ठाउँ र परिस्थितिअनुसार आफूलाई सर्लक्क ढाल्नु प्रचण्डको विशेषता नै हो। त्यसैले उनका अभिव्यक्ति जुरुक्कै उचाल्ने खालको हुन्छ सधैंजसो। यति चाहिँ हो कि - उनी एम्बुसमा पर्छन् त्यस्तै अभिव्यक्तिका कारण। कुनै पनि राष्ट्रिय मुद्दामा निजी स्वार्थका लागि भावनात्मक हिसाबले प्रस्तुत हुनु प्रचण्डको विशेषता हो। त्यही विशेषताले प्रचण्डलाई अपत्यारिलो नेताका रुपमा स्थापित गरेको छ राष्ट्रिय राजनीतिमा। सत्तारुढ गठबन्धन अहिले प्रचण्डको त्यही चरित्रले…
काठमाडौं : अप्रत्यासित हिसाबमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आज संसदमा महाअभियोग दर्ता भयो। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा अल्झिरहेको सत्ता गठबन्धनले एकाएक जबरा विरुद्ध महाअभियोग दर्ता गरे पनि यस विषयको टुङ्गो कसरी लाग्छ अहिले नै भन्न सकिने अवस्था छैन। नेपालको राजनीतिक तथा कानुनी इतिहासमा संसदमा प्रधान न्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो प्रकरण हो। जबराभन्दा अघि दुई पटक प्रधान…
काठमाडौं : संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै मुलुकको राजनीति थप तरङ्गित बन्न पुगेको छ। एमसीसीको विषयलाई लिएर सत्तारुढ दलबिच चर्को खिचातानी चलिरहँदा एकाएक प्रधान न्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोग दर्तालाई 'छापामार' शैली बताएको छ। संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोग गर्दा गराएसँगै एमसीसी केन्द्रित राजनीतिक बहस अब सर्वोच्चतिर तानिएको छ। महा अभियोगका…
२०४८ साल। जमाना कमिक्सको। हरेक शुक्रवार सुपर हिरोको कथा भन्ने कमिक प्रकाशित हुन्थे। काठमाडौंका चोकचोकबाट बिक्री हुन्थ्यो ती। तिनै बिक्री हुनेमध्येको एउटा प्रति चाहिँ समुन्द्रमानसिंह श्रेष्ठका लागि हुन्थ्यो। उनका बुवाले हप्तैपिच्छे किनेर लिएर ल्याउँथे। दिदीभाइ र साथीसँग घ्वाइँ, गुच्चा र डोरी खेल्ने सुमन्द्र कमिक ल्याएपछि भने त्यसमै भुल्थे। मखनमा एक सुका (२५ पैसा)मा मिल्थ्यो कमिक। बुवाले नभ्याउँदा कहिलेकाहीँ आफैँ किन्न…
काठमाडौं : राजधानीबाट करिब ३३ किलोमिटर टाढा पर्छ पनौती शहर। काभ्रेपलाञ्चोकको यस प्राचीन बस्ती यतिखेर मकर मेलामा मस्त छ। यहाँको त्रिवेणी घाटमा १२ वर्षे मकर मेला लागिरहेको छ। कोरोना संक्रमणका कारण मेला स्थगित गरिए पनि यहाँको घाटमा स्नान गर्न भने रोक लगाइएको छैन। दैनिक मानिसहरू पनौती पुगिरहेका छन् - मेला भर्न। काठमाडौंबाट नजिकैको यस शहरको आफ्नै सांस्कृतिक र ऐतिहासिक अस्तित्व…
चित्रकलामा रङ्गिन चाहने युवतीको कथामा सर्ट मुभी बनाइरहेका वासु (नानी) यसरी सफल हुन्छन् कि ठूलो पर्दाका निर्माता उनका पछि लाग्न थाल्छन्। र, त्यसैबिच उनको करिअरमा ब्रेक लाग्नेगरी आरोप लाग्छ - प्लेगारिज्मको। अर्थात्, बौद्धिक चोरी। उनीविरुद्ध मुद्दा चल्छ। वासु अचम्मित हुन्छन् - ती लेखकका कुनै पनि कृति उनले पढेका छैनन् जसको कथा चोरीको आरोप लागिरहेको छ। श्याम सिंह रोय, बंगाली लेखकका…
'तिमीले भगवानको मूर्ति किन चोरेको?' डा एमिलिन स्मिथले मूर्ति चोरलाई प्रश्न गरिन्। 'किनभने उनीहरु त्यो मूर्तिको रक्षा गर्न सक्दैनन्। विदेशमा तिनीहरुको भगवान् सुरक्षित राख्न ल्याएको हुँ।' चोरको उत्तर सोझो र तार्किक सुनिन्छ। युनिभर्सिटी अफ ग्लासगोमा आर्ट क्राइम र क्रिमिनोलोजीका लेक्चरर हुन् डा. एमिलिन। अनुसन्धानका क्रममा उनी मूर्ति चोर र तस्करसम्म पुग्छिन्। जब मूर्ति वा कलाकृतिको तस्करी र लेनदेन गर्नेसँग उनको…