PahiloPost

Nov 17, 2024 | २ मंसिर २०८१

  • एनएसीको त्यो कोठा जुन घोडेजात्राका दिन मात्र खुल्छ…

    एनएसीको त्यो कोठा जुन घोडेजात्राका दिन मात्र खुल्छ…

    काठमाडौं : न्युरोड गेटमा रहेको नेपाल वायुसेवा निगम (एनएसी) को मुख्यालयमा एउटा विशेष कोठा छ जसको हवाइसेवासँग कुनै पनि नाता छैन। त्यो विशेष कोठा हरेक वर्ष आयोजना हुने घोडेजात्राको दिनमात्र प्रयोगमा आउँछ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको कार्यालयको कोठाको राज के हो त? सधैं बन्द हुने यो कोठा घोडेजात्रा आउनुअघि खोलिन्छ र सरसफाइ गरिन्छ। त्यसबाहेक आजमात्र हो प्रयोगमा आउने। आज अर्थात् घोडेजात्रा।…

    विस्तृतमा पढ्नुस्

  • भारतले बनाउन आलटाल गरेको मन्दिरको कथा : साहुहरुको सहयोगमा ठडियो, ब्याङ्करहरुले ठाउँकाठाउँ दिए करोड करोड...

    भारतले बनाउन आलटाल गरेको मन्दिरको कथा : साहुहरुको सहयोगमा ठडियो, ब्याङ्करहरुले ठाउँकाठाउँ दिए करोड करोड...

    शनिवार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवा पाटन दरबार क्षेत्र पुगे। अवसर थियो – भीमसेन मन्दिरको उद्घाटन। करिब तीन वर्ष लगाएर निर्माण सम्पन्न भएको मन्दिर देखेर शनिवार प्रधानमन्त्री देउवा निकै खुशी भए। उनले महानगरको तारिफ त गरे नै, सम्पदा निर्माणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने कुरा ललितपुरले पुष्टि गरेको समेत बताए। प्रधानमन्त्रीलाई उद्धत गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भने, 'मन्दिर उद्घाटनका…

    विस्तृतमा पढ्नुस्

  • यो फागुमा तिम्रो अनुहारमा अलिकति अबिर दल्नु हुन्न र?

    यो फागुमा तिम्रो अनुहारमा अलिकति अबिर दल्नु हुन्न र?

    ‘होलिया मेला, मयजु मस्युला अबिर भचाः नं तये मज्युला…’ गीतका शब्दहरुले भन्छ - 'होलीको मेला केटी, तिमीलाई थाहा छैन र? अलिकति अबिर दल्नु हुन्न र?' काठमाडौं उपत्यकामा रहेका दाफाहरुमा बिहान साँझ गुञ्जिने यो गीतको लयले फागुको उल्लासमा बग्लै रौनक थप्छ। कुनैबेला यी र यस्तै लोकभाका गाउँदै फागुका दिन शहर बजार परिक्रमा गर्थे युवाहरु। आफूलाई मनपरेको मान्छेसामु पुग्थे। अनि गीतमार्फत् नै…

    विस्तृतमा पढ्नुस्

  • झन्डा राख्‍ने बहानामा सिमेन्टले छोपिँदै चैत्यको जग, दिउँसो विरोधको डरले रातिराति कंक्रिट ठड्याउँदै महानगर

    झन्डा राख्‍ने बहानामा सिमेन्टले छोपिँदै चैत्यको जग, दिउँसो विरोधको डरले रातिराति कंक्रिट ठड्याउँदै महानगर

    काठमाडौं : १९९० साल अघिसम्म वसन्तपुर क्षेत्रमा अहिलेजस्तो खुला डबली थिएन। त्यहाँ  श्रीखण्ड तरमुल महाबिहार अन्तर्गतका संरचना थिए। पाँचवटा कचा बहा:हरु थिए। चैत्य थियो। मन्दिर थियो। इनार पनि थियो। १९९० सालको भूकम्पपछि त्यहाँ रहेका घरहरु केही भत्किए, केही चर्किए। राणा शासकले भूकम्पले भत्किएका संरचना बनाउनुको सट्टा उक्त स्थानलाई खुल्ला छाड्ने निधो गरे। त्यहाँ बसोवास गर्दै आइरहेकालाई अन्यत्र सारियो। र, आधा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको भन्दा पुरानो भक्तपुरको रानीपोखरी आजदेखि खुला, अबदेखि कुल देवता पूजा गर्न चाहिँदैन सेनाको स्वीकृति 

    काठमाडौंको भन्दा पुरानो भक्तपुरको रानीपोखरी आजदेखि खुला, अबदेखि कुल देवता पूजा गर्न चाहिँदैन सेनाको स्वीकृति 

    रानीपोखरी भन्ने बित्तिकै धेरैले काठमाडौंकै रानीपोखरी सम्झन्छन्। तर, यो कथा काठमाडौंको नभइ भक्तपुरको रानीपोखरी (न्हू पुखू)को कथा हो। भक्तपुरको सल्लाघारीमा रहेको सैनिक आवासीय महाविद्यालय अन्तर्गत विज्ञान तथा व्यवस्थापन संकाय रहेको भवनको बाटो हुँदै रानीपोखरी पुग्न सकिन्छ। जसबारेमा भक्तपुरकै युवापुस्ता अन्जान हुन सक्छन्। भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा जेठो पोखरी हो। उक्त पोखरी मल्ल राजा जगज्योति मल्लले निर्माण गर्न लगाएका थिए। काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन गाईजात्राका रोचक दृश्य : सत्ताको लाठी आफ्नै कार्यकर्तामाथि किनकि अझै रमिता जारी छ

    गठबन्धन गाईजात्राका रोचक दृश्य : सत्ताको लाठी आफ्नै कार्यकर्तामाथि किनकि अझै रमिता जारी छ

    ठाउँ र परिस्थितिअनुसार आफूलाई सर्लक्क ढाल्नु प्रचण्डको विशेषता नै हो। त्यसैले उनका अभिव्यक्ति जुरुक्कै उचाल्ने खालको हुन्छ सधैंजसो। यति चाहिँ हो कि - उनी एम्बुसमा पर्छन् त्यस्तै अभिव्यक्तिका कारण। कुनै पनि राष्ट्रिय मुद्दामा निजी स्वार्थका लागि भावनात्मक हिसाबले प्रस्तुत हुनु प्रचण्डको विशेषता हो। त्यही विशेषताले प्रचण्डलाई अपत्यारिलो नेताका रुपमा स्थापित गरेको छ राष्ट्रिय राजनीतिमा। सत्तारुढ गठबन्धन अहिले प्रचण्डको त्यही चरित्रले…

    विस्तृतमा पढ्नुस्

  • चोलेन्द्र अघि दुई प्रधान न्यायाधीशविरुद्ध पनि दर्ता भएका थिए महाअभियोग, देउवा चाहिँ सबैमा जोडिए

    चोलेन्द्र अघि दुई प्रधान न्यायाधीशविरुद्ध पनि दर्ता भएका थिए महाअभियोग, देउवा चाहिँ सबैमा जोडिए

    काठमाडौं : अप्रत्यासित हिसाबमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आज संसदमा महाअभियोग दर्ता भयो। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा अल्झिरहेको सत्ता गठबन्धनले एकाएक जबरा विरुद्ध महाअभियोग दर्ता गरे पनि यस विषयको टुङ्गो कसरी लाग्छ अहिले नै भन्न सकिने अवस्था छैन। नेपालको राजनीतिक तथा कानुनी इतिहासमा संसदमा प्रधान न्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएको यो तेस्रो प्रकरण हो। जबराभन्दा अघि दुई पटक प्रधान…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि कसरी अगाडि बढ्छ प्रक्रिया?

    प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भइसकेपछि कसरी अगाडि बढ्छ प्रक्रिया?

    काठमाडौं : संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै मुलुकको राजनीति थप तरङ्गित बन्न पुगेको छ। एमसीसीको विषयलाई लिएर सत्तारुढ दलबिच चर्को खिचातानी चलिरहँदा एकाएक प्रधान न्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाअभियोग दर्तालाई 'छापामार' शैली बताएको छ।   संसद सचिवालयमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोग गर्दा गराएसँगै एमसीसी केन्द्रित राजनीतिक बहस अब सर्वोच्चतिर तानिएको छ। महा अभियोगका…

    विस्तृतमा पढ्नुस्

  • कमिकका सुपर हिरो कोर्दै चित्रकलामा समुन्द्रको ‘नागपास’ यात्रा

    कमिकका सुपर हिरो कोर्दै चित्रकलामा समुन्द्रको ‘नागपास’ यात्रा

    २०४८ साल। जमाना कमिक्सको। हरेक शुक्रवार सुपर हिरोको कथा भन्ने कमिक प्रकाशित हुन्थे। काठमाडौंका चोकचोकबाट बिक्री हुन्थ्यो ती। तिनै बिक्री हुनेमध्येको एउटा प्रति चाहिँ समुन्द्रमानसिंह श्रेष्ठका लागि हुन्थ्यो। उनका बुवाले हप्तैपिच्छे किनेर लिएर ल्याउँथे। दिदीभाइ र साथीसँग घ्वाइँ, गुच्चा र डोरी खेल्ने सुमन्द्र कमिक ल्याएपछि भने त्यसमै भुल्थे। मखनमा एक सुका (२५ पैसा)मा मिल्थ्यो कमिक। बुवाले नभ्याउँदा कहिलेकाहीँ आफैँ किन्न…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्ष मेलामा मस्त पनौती शहरलाई विश्व सम्पदा सूचीमा समेट्ने प्रयास कहाँ पुग्यो?

    १२ वर्ष मेलामा मस्त पनौती शहरलाई विश्व सम्पदा सूचीमा समेट्ने प्रयास कहाँ पुग्यो?

    काठमाडौं : राजधानीबाट करिब ३३ किलोमिटर टाढा पर्छ पनौती शहर। काभ्रेपलाञ्चोकको यस प्राचीन बस्ती यतिखेर मकर मेलामा मस्त छ। यहाँको त्रिवेणी घाटमा १२ वर्षे मकर मेला लागिरहेको छ। कोरोना संक्रमणका कारण मेला स्थगित गरिए पनि यहाँको घाटमा स्नान गर्न भने रोक लगाइएको छैन। दैनिक मानिसहरू पनौती पुगिरहेका छन् - मेला भर्न। काठमाडौंबाट नजिकैको यस शहरको आफ्नै सांस्कृतिक र ऐतिहासिक अस्तित्व…

    विस्तृतमा पढ्नुस्

  • 'श्याम सिंह रोय' अर्थात् विद्रोहको एउटा झिल्‍का [समीक्षा]

    'श्याम सिंह रोय' अर्थात् विद्रोहको एउटा झिल्‍का [समीक्षा]

    चित्रकलामा रङ्गिन चाहने युवतीको कथामा सर्ट मुभी बनाइरहेका वासु (नानी) यसरी सफल हुन्छन् कि ठूलो पर्दाका निर्माता उनका पछि लाग्न थाल्छन्। र, त्यसैबिच उनको करिअरमा ब्रेक लाग्नेगरी आरोप लाग्छ - प्लेगारिज्मको। अर्थात्, बौद्धिक चोरी। उनीविरुद्ध मुद्दा चल्छ। वासु अचम्मित हुन्छन् - ती लेखकका कुनै पनि कृति उनले पढेका छैनन् जसको कथा चोरीको आरोप लागिरहेको छ। श्याम सिंह रोय, बंगाली लेखकका…

    विस्तृतमा पढ्नुस्

  • नेपालबाट गायब एउटै मूर्तिको 'मिलियन डलर' माथि कारोबार : सुहाउँछ कहाँ मन्दिरमा कि म्युजियममा?

    नेपालबाट गायब एउटै मूर्तिको 'मिलियन डलर' माथि कारोबार : सुहाउँछ कहाँ मन्दिरमा कि म्युजियममा?

    'तिमीले भगवानको मूर्ति किन चोरेको?' डा एमिलिन स्मिथले मूर्ति चोरलाई प्रश्न गरिन्। 'किनभने उनीहरु त्यो मूर्तिको रक्षा गर्न सक्दैनन्। विदेशमा तिनीहरुको भगवान् सुरक्षित राख्न ल्याएको हुँ।' चोरको उत्तर सोझो र तार्किक सुनिन्छ। युनिभर्सिटी अफ ग्लासगोमा आर्ट क्राइम र क्रिमिनोलोजीका लेक्चरर हुन् डा. एमिलिन। अनुसन्धानका क्रममा उनी मूर्ति चोर र तस्करसम्म पुग्छिन्। जब मूर्ति वा कलाकृतिको तस्करी र लेनदेन गर्नेसँग उनको…

    विस्तृतमा पढ्नुस्

  • द लस्ट डटर : कम उमेरमै सन्तान हुर्काउनुपर्ने बाध्यताले जन्माएको कथा

    द लस्ट डटर : कम उमेरमै सन्तान हुर्काउनुपर्ने बाध्यताले जन्माएको कथा

    सानै उमेरमा दुई छोरीकी आमा। श्रीमानसँग यौन सम्बन्धमा असन्तुष्टि। अर्कातिर करिअरको उक्लिँदो ग्राफ। तर, दुई बच्चाको जिम्मेवारीको बोझले सकसपूर्ण जीवन। यिनै पृष्ठभूमिमा गाँसिएको इतरसँगको सम्बन्ध। र, त्यसले विरक्त्याउँदै परिवारबाट टाढा पुर्‍याएको एउटा महिलाको कथा। प्रोफेसर लिडा पारिवारिक जिम्मेवारीको बोझबाट बाहिरिँदा त्यसले उब्जाएको अवस्थाको चित्रण हो - द लस्ट डटर। घरको बोझिलो र झन्झटिलो वातावरण, अप्रत्यासित हिसाबमा मिलेको प्रशंसा, प्रेमको अनवरत…

    विस्तृतमा पढ्नुस्

  • डन्ट लुक अप : अमेरिकी सत्तामाथि कठोर प्रहार

    डन्ट लुक अप : अमेरिकी सत्तामाथि कठोर प्रहार

    माथितिर नहेर र माथितिर हेर। दुईथरी आवाज गुञ्जिन्छ। पृथ्वीमा खस्दै गरेको चट्टानलाई हेर्न र नहेर्न भएका क्याम्पेनिङले कसरी अमेरिकी समाज सजिलै विभाजित हुनसक्छ भन्ने बुझाउन सघाउँछ यसले। अमेरिकी संस्थापन कहिल्यै हार्न चाहन्न। उसको त्यस्तै अरुचीले बाँकी केही पनि रहन्न। त्यही द्वन्द्वको कथा हो ‘डन्ट लुक अप’ अर्थात् माथितिर नहेर।  पृथ्वीमा सगरमाथाकै आकारको पिण्ड बज्रियो भने के होला? त्यसले ल्याउने कम्पन…

    विस्तृतमा पढ्नुस्

  • तर्साउँछ कठपुतलीले : नेपाली भाषाको फिल्म जसले दर्शकलाई हलमै झसङ्ग पार्छ

    तर्साउँछ कठपुतलीले : नेपाली भाषाको फिल्म जसले दर्शकलाई हलमै झसङ्ग पार्छ

    नेपाली फिल्म उद्योगका लागि पछिल्लो दुई वर्ष निकै सकसपूर्ण रहयो। कोरोना भाइरस महामारीका कारण विश्वभरका फिल्म उद्योग ठप्प रहँदा नेपाली सिनेमाघरहरु पनि खाली भए। यस बिच केही नेपाली फिल्महरुले मात्रै सिनेमा हलमा आउने साहस गरे। तर तिनीहरुको साहसलाई दर्शकले रुचाएनन्। फिल्म असफल ठहरिए। केही फिल्मको असफलताले बहुप्रतिक्षित भनिएका नेपाली फिल्महरु अझैसम्म 'होल्ड'मै छन्। केहीले नयाँ रिलिज मिति सार्वजनिक गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलबाट साइकलमा पेड्रोको काठमाडौं यात्रा, सगरमाथा आधार शिविर पनि पेडल घुमाउँदै...

    पोर्चुगलबाट साइकलमा पेड्रोको काठमाडौं यात्रा, सगरमाथा आधार शिविर पनि पेडल घुमाउँदै...

    सोलुखुम्बुको गोरकसेपबाट झिमसिमेमै कालापत्थर उक्लने योजना थियो। अनि त्यहाँबाट फर्किएर त्यसै दिन सगरमाथा आधार शिविर पुग्ने लक्ष्य। पोर्चुगलका पेड्रो बेन्टो मंसिर ६ गते यही योजना बुनेर काठमाडौंबाट निस्किएका थिए पेडल चलाउँदै। साइकलमा उकाली ओराली गर्दै ११ दिन लाग्यो गोरकसेप पुग्न। साइकल बोकेर आधार शिविरसम्म पुग्नु कम चुनौतीपूर्ण छैन। त्यसैले धेरैले आँट गर्दैनन्। जतिखेर उनी साइकलमा खुम्बुतिरको यात्रा गरिरहेका थिए, बाटामा…

    विस्तृतमा पढ्नुस्

  • कसरी आविस्कार भयो य:मरि ? व्यावसायीकरणको मार थपिँदा 'क्रन्ची' पनि?

    कसरी आविस्कार भयो य:मरि ? व्यावसायीकरणको मार थपिँदा 'क्रन्ची' पनि?

    काठमाडौं उपत्यकाका नेवार समुदायको सभ्यतामध्ये एक हो य: मरि। कृषिप्रधान नेवा: समाजको सूचक थियो य:मरि। कुनै बेला हामी कसैप्रति निर्भर थिएनौं। किसानी गरेर आफूलाई चाहेको जोहो गर्थ्यौं। अरुसँग माग्नुपर्ने अवस्था नै थिएन। य:मरि त्यही आत्मनिर्भताको आविष्कार हो। कृषि कर्ममा भुलेको बेला उपत्यकामा पहिला रोटीका नाममा सुख्खा रोटी मात्रै बन्थ्यो। अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन्। पछि आफैँसँग भएका खाद्यान्नको उपयोग…

    विस्तृतमा पढ्नुस्

  • नेपालका ‘सिंह सरदार’ : राज्यबाट पहिचान खोज्दै शिखहरु

    नेपालका ‘सिंह सरदार’ : राज्यबाट पहिचान खोज्दै शिखहरु

    ज्ञानी गुरु बखस सिंहले जन्मेदेखि आफ्नो कपाल, दारी काटेका छैनन्। गुरु नानकको उपदेश अनुसार उनी कपालको स्याहार गर्छन्। टाउकोमा पगडी बाँध्छन्। हातमा कढा र शरीरमा क्रिपान बोक्छन्। काठमाडौंमा जन्मेर यहाँका गल्लीगल्ली घुमेका उनलाई भविष्यमा नेपालमा शिख समुदायको पहिचानले सताउने गर्छ। ‘हामी नेपाली हौं। यही जन्मेका। पगडी बाँधेर हिँडेको हामीलाई पंजाबी पंजाबी भन्छन्। यो सुन्दा नरमाइलो लाग्छ,’ बखस सिंहले भने। साधारणतय:…

    विस्तृतमा पढ्नुस्

  • पचली भैरवलाई रुक्मिणीको प्रश्न : भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ?

    पचली भैरवलाई रुक्मिणीको प्रश्न : भोग्दै नभोगेको कुरा कसरी बुझ्नुहुन्छ?

    काठमाडौं : गल्ली, चोक, बहा:, बही सबै कथाले भरिएका छन्। तब न कथै कथाको शहर बन्यो काठमाडौं। जसै काठमाडौं कुनै उत्सवमा रम्छ, कथा तिनमा पनि भेटिन्छ। तिनै कथाले जात्रा र पर्वलाई जीवन्त बनाउँछ। यस्ता कतिपय कथा त जात्राको बाजा बिचै हराउँछन्। तिनै कथामध्ये एक हो - पचली भैरव र नई अजिमाको। दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • जीवित् देवी कुमारीको सेवा गर्दै आएको ११ औं पुस्ताका गौतमरत्न : यसबाहेक हाम्रो पहिचान छैन

    जीवित् देवी कुमारीको सेवा गर्दै आएको ११ औं पुस्ताका गौतमरत्न : यसबाहेक हाम्रो पहिचान छैन

    राजा वीरेन्द्रको कुमारी घरमा सवारी भएको थियो। जीवित् देवी कुमारीको बाहुलीबाट टीका ग्रहण गरेपछि उनको रेखदेख गर्दै आएका चिताइदार परिवारलाई सोधनी भयो - कही समस्या छ कि? जुजुभाइ शाक्यले राजाको प्रश्न आउनसाथ कुमारीको पीठ घर जीर्ण रहेको सुनाए। कुमारी घरभन्दा पछाडि केही भित्र रहेको पीठ घरको अवस्था बिन्ती गरेपछि अष्टमातृका रहेको उक्त घरमा वीरेन्द्रले जाने इच्छा देखाए। जुजु भाइले वीरेन्द्रलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell