PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

  • हनुमानढोका दरबारको ढुकुटीमा के छ? कृष्णको मुकुटदेखि राजराजेश्वरीको गहनासम्म : जाने हो हेर्न?

    हनुमानढोका दरबारको ढुकुटीमा के छ? कृष्णको मुकुटदेखि राजराजेश्वरीको गहनासम्म : जाने हो हेर्न?

    हनुमानढोका दरबारभित्र रहेको न्हुच्छें चोक र फरास खानाको बिचमा राणाकालीन भवन थियो। २०६८ सालमा कमजोर हुँदै गइरहेको भवन मर्मत गर्ने निर्णय गरियो। सोही वर्ष असार १६ गते जीर्णोद्वार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामाग्रीहरु फलामको सेफमा पुरिएको अवस्थामा फेला पर्‍यो। सेफमा विभिन्न देवीदेवताको मूर्ति, बहुमूल्य गरगहना, सिक्का इत्यादि भेटियो। पृथ्वीनारायण शाहले काठमाडौंमा विजय हासिल गरिसकेपछि हनुमानढोका दरबार क्षेत्रलाई…

    विस्तृतमा पढ्नुस्

  • जहाँको पानी पिएर देवकोटाले रचेका थिए 'यात्री' कविता, काठमाडौं छिर्ने प्रमुख मार्ग कसरी पर्‍यो ओझेलमा?

    जहाँको पानी पिएर देवकोटाले रचेका थिए 'यात्री' कविता, काठमाडौं छिर्ने प्रमुख मार्ग कसरी पर्‍यो ओझेलमा?

    त्यसबखत राजधानी काठमाडौं प्रवेश गर्न चन्द्रागिरिको ठाडो उकालो चढेर ओरालो हिँड्नुपर्थ्यो चित्लाङबाट। लिच्छवी राजादेखि मल्ल राजा रानी र राणाहरु पनि यही बाटो हुँदै काठमाडौं आउजाउ गर्थे। भारतबाट काठमाडौं आउनेहरुको चित्लाङको यही बाटो हुँदै आउथे। भीमफेदी हुँदै चित्लाङबाट थानकोट पुग्नेको लर्को लाग्थ्यो। त्रिभुवन राजपथ सुरु हुनुअघि यही बाटो काठमाडौंबाट बाहिरिने र भित्रिनेहरुका लागि प्रमुख मार्गमध्ये एक थियो।   भीमफेदी, कुलेखानीबाट हिँड्दै…

    विस्तृतमा पढ्नुस्

  • महादेवलाई जाडो हुँदा गुञ्जने गीत, 'महाद्य: त चिकुल, गनेद्य: त इकुल…'

    महादेवलाई जाडो हुँदा गुञ्जने गीत, 'महाद्य: त चिकुल, गनेद्य: त इकुल…'

    महाशिवरात्रीको रात महादेवलाई निकै जाडो हुन्छ भन्ने कथन छ। त्यसैले महादेवलाई जाडो हुनबाट बचाउन टोलभरीका युवाहरु जम्मा हुन्थे। राति बाल्न काठ, दाउरा खोज्न बिहानदेखि तयारी हुन्थ्यो। यो दिन काठ चोरी गर्‍यो भने पाप लाग्दैन भन्ने विश्वास भएकाले जहाँ काठ देखियो त्यो ल्याएर राति बाल्न ठिक्क पार्ने समेत गरिन्थ्यो। बिहान भने सडकमा बाटो छेकेर राति महादेवलाई प्रसाद चढाउन (जगात) चन्दा उठाउने…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा टर्‍यो सम्भावित दुर्घटना, संयमित रहे आन्दोलनकारी

    टुँडिखेलमा टर्‍यो सम्भावित दुर्घटना, संयमित रहे आन्दोलनकारी

    काठमाडौं : ७० वर्ष अघि आजकै दिन देशमा प्रजातन्त्र आयो। टुँडिखेललाई साक्षी मानेर राणाशासन अन्त्य भयो। प्रजातन्त्रलाई बुइँ चढाएको टुँडिखेल त्यसपछि भने लगातार अतिक्रमणमा पर्‍यो। समयक्रममा टुँडिखेलभित्र नै खुल्लामञ्च बनाइयो। नेपालमा प्रजातन्त्र ल्याउन ठूलो भूमिका खेलेको तुंख्या- पानीको खेत (टुँडिखेल) माथि बनाइएको खुल्लामञ्चमाथि पटकपटक आक्रमण भयो। सेनाले टुँडिखेलको आधा हिस्सा आफ्नो नियन्त्रणमा लियो जहाँ सैनिक परेड हुने गरेको छ। यस्तै, सानो…

    विस्तृतमा पढ्नुस्

  • नबोल्ने काँग्रेसको कुरा : दुई डुङ्गाको यात्रा गराउने 'माझी' देउवाले पार लगाउँछन् कि डुबाउँछन्?

    नबोल्ने काँग्रेसको कुरा : दुई डुङ्गाको यात्रा गराउने 'माझी' देउवाले पार लगाउँछन् कि डुबाउँछन्?

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको राजनीतिक अन्यौलताले निकास पाउने लक्षण अझै देखिएको छैन। हरेक दिन सर्वोच्च अदालतको संवैधानिक इजलासमा ओलीको कदमको पक्ष र विपक्षमा बहस जारी छ। त्यो बहस रामशाहपथमा मात्र होइन, टोलटोलमा जारी छ। चियापसलदेखि सेयर बजारसम्म राजनीतिले कुन मोड लिन्छ भन्ने चासो छरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तामा पनि छ।…

    विस्तृतमा पढ्नुस्

  • आमसभाका फरक तर सक्रिय सहभागी जसलाई थाहा थिएन ओली को हुन्?

    आमसभाका फरक तर सक्रिय सहभागी जसलाई थाहा थिएन ओली को हुन्?

    काठमाडौं : रौतहटबाट बिहीवार राति बाट बस छुट्यो। भरिभराउ गाडीमा करिब ७ घण्टाको यात्रा गरी काठमाडौं पुग्नु थियो यात्रुहरुलाई। उद्देश्य  - काठमाडौं पुग्नु। दरबारमार्गमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्नु। त्यही बसमा थिए मोलापुर नगरपालिकाका रामसिंह यादव। त्यहाँका मेयर रीनाकुमारी साह र उनका पति तथा शहरी विकास मन्त्री प्रभु साहले भनेपछि उनी काठमाडौंको यात्रामा हानिए।  मन्त्री भएपछि प्रभु साहले आफ्नो जिल्ला विकास…

    विस्तृतमा पढ्नुस्

  • गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?

    गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?

    माघ ४ गते। काठमाडौँ महानगरपालिका ४ मा मनमोहन पार्क शिलान्यासको कार्यक्रम थियो। शिलान्यासमा सहभागी हुन पुगेका थिए काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य। शाक्यले कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापालाई वडास्तरमा चुनाव लडेर देखाउन चुनौती दिए। थापा उक्त क्षेत्रबाट निर्वाचित सदस्य समेत हुन्। शाक्यको आरोप थियो – गगन चर्चामा आउन जे पनि बोलिरहन्छन्। गगनले राष्ट्रपतिलाई चुनाव लड्न गरेको आह्वानप्रति लक्षित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिनाथलाई अर्बको जलहरी! ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

    पशुपतिनाथलाई अर्बको जलहरी!  ओलीको प्रायश्चित्त कि सस्तो लोकप्रियता?

    हरेक बिहान पशुपतिनाथको ज्योतिर्लिङ्गमा स्नान गराउँदा जलहरीले भट्टको हातमा घाउ लाग्न थालेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनसम्म गुनासो पुग्यो। जलहरी नफेरी भएन भन्ने कुरा पटकपटक उठ्न थालेपछि जलहरी मर्मत गर्ने कि नयाँ बनाउने? प्रश्न उठ्यो। चाँदीको जलहरी मर्मत गर्नुभन्दा किन चाँदीको नयाँ बनाउने, सुनकै हालौं भन्ने सुझाव आयो मुल भट्टबाट। सन्दर्भ २०७० साल तिरको हो। पशुपति…

    विस्तृतमा पढ्नुस्

  • रातो टोपी ब्युँतिएको चाँगुनारायणको कलश यात्रा, छाया दर्शन गर्दै राष्ट्रपतिले भनिन्, 'परम्परा धान्न गाह्रो छ है?'

    रातो टोपी ब्युँतिएको चाँगुनारायणको कलश यात्रा, छाया दर्शन गर्दै राष्ट्रपतिले भनिन्, 'परम्परा धान्न गाह्रो छ है?'

    काठमाडौं : दुई घोडाहरु अघिपछि लाग्दै थिए। सेतो कपडा पहरिएका व्यक्तिहरु हातमा कलश बोक्दै आए। नक्साल भगवतीबाट नाग पोखरी पुग्न लाग्दै केही स्थानीय भेला भए। गाडीहरु रोके र बाटोको बीचमा माटोका भाँडाहरु फुटाउन लागे। हातमा कलश बोकेकाहरु त्यही भाँडा फुटाएको ठाउँबाट हिँड्दै रानीपोखरी पुगे। त्याँ गुरुजुको पल्टनले उनीहरुलाई बढाँई गर्‍यो। अनि चाँगुनारायणको कलश असन हुँदै काठमाडौंको पुरानो बस्ती प्रवेश गर्‍यो।…

    विस्तृतमा पढ्नुस्

  • 'एक भएर अघि बढे हामी जित्नेछौँ, विभाजित भए पतन निश्चित छ'

    'एक भएर अघि बढे हामी जित्नेछौँ, विभाजित भए पतन निश्चित छ'

    अनुहारमा मुस्कान। गलामा खादा र माला। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाकिस्तान र चीनको सीमामा रहेको 'माउन्ट केटू' आरोहण गरी फर्किएका पर्वतारोहीहरुलाई स्वागत गर्नेको भीड छ। चारैतिरबाट प्रशंसकले घेरिएका छन् कीर्तिमान बनाएर फर्किएका आरोही। प्रहरीको ब्यान्डले 'यो नेपाली शिर उचाली' धुन बजाउँदा माहोल उत्साहित छ। आरोहणका लागि विश्वकै जोखिमपूर्ण मानिने ८ हजार ६११ मिटर अग्लो 'साभेज माउन्टेन- केटू' को आरोहण गरेपछि १०…

    विस्तृतमा पढ्नुस्

  • आक्रामक भाषणसँगै तातेको टंगाल : प्रतिगमनविरुद्ध युद्ध मैदानको कमाण्डर झै देखिए नारायण वाग्ले

    आक्रामक भाषणसँगै तातेको टंगाल : प्रतिगमनविरुद्ध युद्ध मैदानको कमाण्डर झै देखिए नारायण वाग्ले

    काठमाडौं :  निधारमा कमलपोखरीको कालो माटो र 'कू' लेखिएको कालै झन्डा। 'असंवैधानिक' लेखिएको मास्क मुखमा। हातहातमा 'नारा' लेखिएको प्ले कार्ड। सुकाइएको कमलपोखरीबाट 'प्रधामन्त्री भन्नुहुन्छ, म देशद्रोही हुँ' भन्दै निस्किए पोलिटिकल लिटिरेसी फर वुमेन (पीएलडब्लु)का सदस्यहरु। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र कमलपोखरी पनि 'प्रतिगमन' को सिकार भएको भन्दै नागरिक अभियन्ताहरु सोमवार कमलपोखरीबाट बालुवाटारसम्म मार्चपासमा निस्किए। मार्चपासको क्रममा 'पीएलडब्लु' का…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहर : एक वर्षअघि जहाँ अहिले पनि त्यहींँ नै नेपाल

    कोरोना कहर : एक वर्षअघि जहाँ अहिले पनि त्यहींँ नै नेपाल

    गत वर्ष माघ ९ गते नेपालमा कोरोना भाइरसको पहिलो केस पुष्टि भएको थियो। चीनको वुहानबाट नेपाल आएका एक पुरुषमा संक्रमण देखिएको थियो। त्यस समय कोरोना परीक्षणका लागि नेपालमा ल्याब थिएन। लक्षण देखिएका ती युवामा संक्रमण छ वा छैन? पहिचान गर्न उनको स्वाबलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशाला पठाउनु परेको थियो।  यस बिचमा नेपालमा सरकारी एवं निजी स्तरमा ल्याबहरू बने। परीक्षणको दायरा फराकिलो बन्यो तर, स्थिति…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्च भएको भए राजधानी अस्तव्यस्त हुँदैन थियो कि !

    खुल्लामञ्च भएको भए राजधानी अस्तव्यस्त हुँदैन थियो कि !

    कुनै समय थियो जब खुल्लामञ्चमा भाषण गुञ्जिन्थे तब नजिकै रहेको राजदरबारदेखि सिंहदरबार तर्सिन्थे। खुल्लामञ्चमा उभिएर गरिने भाषणका शब्द शब्दले आउने दिनको संकेत गर्थ्यो। राजालाई चुनौती दिने देखि गणतन्त्र ल्‍याउन यही खुल्लामञ्च नेताहरुको सहारा भए। लोकतन्त्र गणतन्त्र स्थापना गर्न यही खुल्लामञ्च केन्द्र बनेको थियो राजनीतिक दलहरुको। तर नेतालाई नेता बनाउने खुल्लामञ्चलाई सत्तामा पुगेका 'नयाँ राजा'हरुले बिर्सिए। खुल्लामञ्चलाई ठेकेदारको हातमा सम्पियो। पुरानो…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, प्रतिपक्षी काँग्रेस 'पर्ख र हेर' को नीतिमै

    वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, प्रतिपक्षी काँग्रेस 'पर्ख र हेर' को नीतिमै

    काठमाडौं : वाग्मती प्रदेशसभामा आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदैछ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। पौडेलको स्थानमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको छ। १ बजे बोलाइएको बैठकका लागि अहिले ओली, प्रचण्ड नेपाल समूह र नेपाली काँग्रेस आ-आफ्नो रणनीति बनाउन व्यस्त छ। आज…

    विस्तृतमा पढ्नुस्

  • पानीका लागि आफैँ तिर्खाएका पाटन दरबार भित्रका हितिहरुमा 'रिचार्ज', पाए पुन: जीवन

    पानीका लागि आफैँ तिर्खाएका पाटन दरबार भित्रका हितिहरुमा 'रिचार्ज', पाए पुन: जीवन

    २०४६ साल अघिको कुरा हो। पाटन दरबारभित्र रहेको सुन्दरी चोकमा जिल्ला प्रहरी कार्यालय थियो। दरबारका साँघुरा कोठामा कहिँ प्रहरी बस्थे त कहिँ कैदी। सुन्दरी चोकमा तुसा: हिति (ढुंगेधारा)  रहेको क्षेत्रमा समेत प्रहरीको क्याम्प थियो। कुनैबेला राजारानीको ‘रोयल रेसिडेन्स’ रहेको सुन्दरी चोक कारागारमा रुपान्तरण भएको थियो। मल्लराजाहरुले थुप्रै गीत र कविता रचना गरेको ऐतिहासिक दरबारमा प्रहरीको रजाइँ थियो। २०४६ सालमा पंचायतको…

    विस्तृतमा पढ्नुस्

  • हुन छाड्यो उखु खेती तर पनि टोखामा निरन्तर बन्दैछ चाकु

    हुन छाड्यो उखु खेती तर पनि टोखामा निरन्तर बन्दैछ चाकु

    मीनपचासको जाडो। काठमाडौंमा चिसो ह्वातै बढेको हुन्थ्यो। अहिले जस्तो ज्याकेट वा बाक्ला लुगाहरु थिएनन्। पातलो लुगा नै लगाएर किसानहरु खेतमा काम गर्थे। जाडो कटाउनै गाह्रो। तर, काम त गर्नै पर्‍यो, अन्न उब्जाउँदा शरीरलाई तातो बनाउनै पर्‍यो। यही समयमा नेवार समुदायमा शरीरलाई तातो बनाउने खाद्यपदार्थहरुको आविस्कार भयो। य:मरिको सिर्जना भए जस्तै बन्यो चाकु। एक हिसाबमा मौसम अनुसार हुने खेतीको उपभोगका लागि…

    विस्तृतमा पढ्नुस्

  • तीर्थबहादुर श्रेष्ठको दृष्टिकोणबाट थुम्कैथुम्काको शैलुङको सुन्दरतामा हराउँदा ...

    तीर्थबहादुर श्रेष्ठको दृष्टिकोणबाट थुम्कैथुम्काको शैलुङको सुन्दरतामा हराउँदा ...

    खोला कक्रक्क जमेको छ। जमेको खोला भित्र चाहिँ पानी बग्छ कि बग्दैन होला? जे होस् हामी त्यही बरफको माथि हिँड्दै छौं। उद्देश्य त २ हजार ८ सय मिटर उचाइमा रहेको कालापानीदेखि ३ हजार १ सय ५० मिटर अग्लो शैलुङको शिरसम्म पुग्नु थियो। तर, हामीलाई जमेको खोलाले झोर, मनगाउँमा नै रोक्यो। रोक्किनुको अर्थ चुपचाप उभिनु होइन रहेछ। वरपर हेर्नु, रमाउनु र…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली र बेइजिङको झझल्को दिने काठमाडौँको वायु प्रदूषणः हानिकारक कुहिरो कहिले होला साम्य?

    दिल्ली र बेइजिङको झझल्को दिने काठमाडौँको वायु प्रदूषणः हानिकारक कुहिरो कहिले होला साम्य?

    काठमाडौँ: काठमाडौँमा चिसो ह्वात्तै बढेको छ। सँगै बढेको छ वायु प्रदूषण। कोरोना संक्रमणसँग जुध्दै खुलिरहेको काठमाडौँमा अहिले हानिकारक कुहिरो मडारिएको छ। सोमबारबाट काठमाडौँ धुम्म भएको छ। लाग्छ चारैतिर हुस्सु लागेको छ। त्यही धुवाँजस्तो पातलो कुहिरो काठमाडौँवासीका लागि निकै खतरनाक बनेको छ। सरकारले नै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको घोषणा गर्दै त्यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ। खासगरि बिहान र…

    विस्तृतमा पढ्नुस्

  • आत्मनिर्भरताको आविष्कार अर्थात् य:मरि, यस्तो छ यःमरि माग्ने प्राचीन कथन

    आत्मनिर्भरताको आविष्कार अर्थात् य:मरि, यस्तो छ यःमरि माग्ने प्राचीन कथन

    य: मरि। धेरैले यसलाई मन पर्ने रोटीका रुपमा बुझ्छन्। तर के सबै जनालाई य: मरि मनपर्ला त? उत्तर दिन गाह्रो छ। किनभने मानिसको रोजाइ फरक-फरक हुन्छ। कसैलाई मन नपर्ने स्वभाविक पनि हो। तर, उसलाई मन परेन भन्दैमा य: मरिको नाम फेरिँदैन। बरु य: मरिलाई मोर्डन टचअप दिइन्छ होला। चाकुको सट्टा त्यसमा चकलेट राखिन्छ होला। खुवा, काजुपिस्ता लगायत केही राखेर त्यसलाई…

    विस्तृतमा पढ्नुस्

  • सन्ततिले शंखधरको अर्को पार्क खोज्न नपरोस्

    सन्ततिले शंखधरको अर्को पार्क खोज्न नपरोस्

    २०७७ साल मंसिर ६ गते (नेपाल संवत् ११४१ कछ्लाथ्व चौथी) शनिबार शंखधर उद्यान (साबिकको रत्नपार्क) मा राष्ट्रिय विभूति शंखधर साख्वा: को पूर्णकदको शालिक अनावरण गरियो। उद्यानमा नै राखियो दिवंगत पद्मरत्न तुलाधरको शालिक पनि। तुंख्यो (टुँडिखेल) अतिक्रमण गरेर बनाइएको रत्नपार्कको नाम केही वर्षअघि नै परिवर्तन गरी शंखधर उद्यान राखिएको थियो। साबिकको रत्नपार्क चलनचल्तीको नाम। काठमाडौँ र ललितपुरका विभिन्न स्थानका लागि बस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell