PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नीकिता चाण्डक 'द कपिल शर्मा सो'मा



पहिलोपोस्ट

नीकिता चाण्डक 'द कपिल शर्मा सो'मा

मिस नेपाल २०१७ नीकिता चाण्डक कपिल शर्माको कमेडी सोमा अतिथिको रुपमा देखिने भएकी छिन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटोसहित जानकारी सार्वजनिक गरेकी छिन्।

सोको पात्र किकु सर्दासँगको फोटोमा लेखेकी छिन्,'अनि हाम्रो फेरि भेट भयो। मलाई कपिल शर्मा सोका लागि बोलाएकोमा धन्यवाद।'

क्याप्सनमा उनले किकुसर्दाको काम प्रतिको लगनशीलताको पनि प्रशंसा गरेकी छिन्। सर्दा कमेडियन हुन्। टेलिश्रृङ्खला हातिममा होबो, अकबर बिरबलमा अकबरको रुपमा काम गरेका छन्।

नीकिताले सोको कुन अङ्कमा आफू देखिन लागेको भन्ने खुलाएकी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell